FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

१० असोज, काठमाडौं । नारायणी नदीको देवघाट, चितवन तथा दरमखोलाको वामीटक्सार, बागलुङस्थित जलमापन केन्द्रमा नदीको जलसतहले सतर्कता तह पार गरेको छ । जलसतह अझै बढ्दो क्रममा रहेकाले तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ६ः५० बजेसम्म नारायणी नदीको देवघाट र दरमखोलाको वामीटक्सारस्थित जलमापन केन्द्रमा जलसतह सतर्कता तहभन्दा माथि पुगेको हो ।

जलसतह बढ्दो क्रममा रहेकाले नदी आसपास तथा विगतमा डुबान हुने गरेका तल्लो तटीय क्षेत्रका बासिन्दालाई विशेष सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।

महाशाखाले आज बेलुकीसम्म नदी आसपासका क्षेत्रमा उच्च सतर्कता अपनाउन तथा जोखिमयुक्त स्थानमा आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ । नदीको बहाव र जलसतहमा थप वृद्धि हुन सक्ने भएकाले तटीय क्षेत्रमा रहेका नागरिकलाई नदी किनारमा नजान र सम्भावित जोखिमप्रति सचेत रहनसमेत आग्रह गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय