FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

११ असोज, काठमाडौं । लगातारको वर्षाका कारण पृथ्वी राजमार्ग अन्तर्गत मलेखु–मुग्लिङ सडक खण्डका १० भन्दा बढी स्थानमा पहिरो खस्नुका साथै सडक भासिँदा आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ । ठाउँ–ठाउँमा ठूला ढुङ्गा, रुख र लेदोसहितको पहिरो खसेपछि यो खण्ड भएर गुड्ने सवारीसाधन पूर्णरुपमा बन्द भएको हो ।

विशेष गरी कृष्णभीर, ज्यामिरेघाटको चौकीभीर, घोप्टेभीर र सिमलधारा क्षेत्रमा खसेको ठूलो पहिरोका कारण सडक दुईतर्फी नै ठप्प बनेको छ । फिस्लिङ क्षेत्रका तीन फरक–फरक ठाउँमा करिब २०० मिटर सडक पहिरोले ढाकेको छ भने त्यहाँको आधा भाग करिब ३० मिटर चर्किएर दबिएको छ ।

यसैगरी शीलतबजार, गोमति खोला, चुम्लिङटार र धारापानी खण्डमा पनि पहिरो र सडक भासिने समस्या देखिएको छ । धारापानीमा कल्भर्ट खुलाएर तथा शीलतबजारमा लेदो पन्छाएर एकतर्फी सवारी चलाउने प्रयास गरिए पनि हुग्दी खोलादेखि जवाङ खोलासम्म आधा दर्जन बढी स्थानमा निरन्तर पहिरो खसिरहेकाले आवागमन निकै जोखिमपूर्ण बनेको छ ।

सडक आयोजना र सुरक्षा निकायका अनुसार झरी नरोकिएकाले तत्काल काम गर्न कठिनाइ भइरहेको छ । वर्षा रोकिनासाथ सबै स्थानमा हेभी इक्विपमेन्ट परिचालन गरी पहिरो पन्छाउने तयारी गरिएको छ । बाटो पूर्ण रूपमा नखुलेसम्म यस खण्डमा अत्यावश्यक बाहेकको यात्रा नगर्न र सतर्क रहन प्रशासनले अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय