FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

मनाङमा बाढीको वितण्डा : चामेका पाँच घरमा पूर्ण क्षति, बेँसीसहर–चामे सडक अवरुद्ध

११ असोज, मनाङ । मनाङमा आएको बाढीले सदरमुकाम चामेमा ठूलो क्षति पु¥याएको छ । बाढीका कारण चामेका एक चर्चसहित पाँच घरमा पूर्ण क्षति पुगेको छ भने नासों गाउँपालिका–१ तालगाउँ डुबानमा परेको छ ।

बाढीले नासों गाउँपालिका–८ र ९ जोड्ने झोलुङ्गे पुलसमेत क्षतिग्रस्त बनाएको छ । त्यस्तै चामेमा रहेका दुईवटा अस्थायी काठे मोटर पुलमा पनि क्षति पुगेको छ । बाढीका कारण चामे बजार क्षेत्रमा समेत बगर र बालुवाले भरिएको छ ।

मनाङका प्रमुख जिल्ला अधिकारी मुक्ति प्रसाद खनालका अनुसार मनाङ ङिस्याङ गाउँपालिका अझै फोन सम्पर्कमा आउन सकेको छैन । बाढी र पहिरोका कारण विभिन्न क्षेत्रमा सम्पर्क तथा आवागमन प्रभावित भएको उनले बताए।

त्यस्तै, मनाङको मेरुदण्डका रूपमा रहेको बेँसीसहर–चामे सडक पूर्णरूपमा अवरुद्ध भएको छ । सडक अवरुद्ध भएपछि मनाङ सदरमुकाम चामेसहित जिल्लाका विभिन्न क्षेत्रमा आवागमन प्रभावित भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय