FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

१२ असोज, काठमाडौं । देशभर जारी अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण विभिन्न प्रदेशका प्रमुख राजमार्ग तथा सडकखण्डहरू प्रभावित भएका छन् ।

नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार विभिन्न स्थानमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् भने केही सडकखण्डमा जोखिमलाई मध्यनजर गर्दै रात्रिकालीन सवारी आवागमनमा समेत रोक लगाइएको छ ।

ललितपुर जिल्लास्थित कान्तिलोकपथ सडकखण्ड अन्तर्गत पाङ्दुरमा पहिरो खस्दा असोज ९ गते बिहान ०६ः३० बजेदेखि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।

बागमती गाउँपालिका वडा नं. ०३ टाकुर्चेमा पहिरो खस्दा असोज ११ गते राति ३ः४० बजे सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । हालसम्म पनि उक्त खण्डहरूमा यातायात सञ्चालन हुन सकेको छैन ।

सोलुखुम्बु जिल्ला भित्र पर्ने सिद्धिचरण लोकमार्ग लगायत अन्य भित्री सडकहरूमा बेलुकी ६ बजेदेखि बिहान ६ बजेसम्म अत्यावश्यक बाहेकका सम्पूर्ण सवारी साधन र पैदल यात्रीहरूको रात्रि आवातजावतमा पूर्ण रूपमा रोक लगाइएको छ ।

भोजपुर: सम्भावित क्षति रोकथामका लागि असोज ०८ गतेदेखि लागू हुने गरी अर्को सूचना जारी नभएसम्म भोजपुर जिल्ला अन्तर्गत पर्ने मध्य पहाडी लोकमार्ग तथा सम्पूर्ण भित्री सडकहरूमा बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म आवागमनमा रोक लगाइएको छ । एम्बुलेन्स, दमकल, र खाद्यान्न ढुवानी जस्ता अत्यावश्यक सवारी भने नजिकको प्रहरी एकाइसँग समन्वय गरी सञ्चालन गर्न सकिने बताइएको छ ।

शिवपुरी गाउँपालिका-८, घट्टेखोलास्थित टोखा–छहरे सडक खण्डमा सम्भावित बाढी तथा पहिरोको जोखिमलाई मध्यनजर गर्दै अर्को सूचना नभएसम्मका लागि दैनिक राति १० बजेदेखि बिहान ५ बजेसम्म सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।

चितवन जिल्ला तथा आसपासका क्षेत्रमा सम्भावित बाढी–पहिरोको जोखिमका कारण यही ८ गते दिउँसो १४ बजेदेखि अर्को सूचना नभएसम्मका लागि नारायणगढ–मुग्लिन सडक खण्ड भएर चल्ने सम्पूर्ण सवारी साधनहरूको आवागमन पूर्ण रूपमा बन्द गरिएको छ ।

यही ९ गते बिहान ७ बजेदेखि धादिङ जिल्ला तथा आसपासका क्षेत्र भई चल्ने पृथ्वीराजमार्ग सडक खण्डमा बाढी-पहिरोको जोखिमका कारण अर्को सूचना नभएसम्म सम्पूर्ण सवारी आवागमन पूर्ण रूपमा रोकिएको छ । बेनिघाट रोराङ गाउँपालिका-१० पानीधारामा पहिरो गएकाले उक्त खण्ड भने पूर्ण रूपमा अवरुद्ध बनेको छ ।

बेनिघाट रोराङ गाउँपालिका–७ कृष्णभिर, वडा नं. ३ गौमतीखोला, र गजुरी गाउँपालिका वडा नं. २ चालिसे तथा परेवाभिरमा पहिरो खसेका कारण राजमार्ग एकतर्फी सुचारु रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय