FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

१३ असोज, काठमाडौं । नव उद्यमीहरुलाई लगानी जुटाउने अवसर प्रदानगर्ने ‘शार्क ट्यांक नेपाल’को दोस्रो सिजनमा ६० करोड १२ लाख रुपैयाँ बराबरको लगानी सम्झौता भएको आयोजकले जनाएको छ ।

१० सातासम्म प्रसारण हुने दोस्रो सिजनको दशैं लगत्तै प्रसारण सुरु हुने भएको छ । यद्यपी हाल सम्म प्रसारणको निश्चित मिति भने तय भइसकेको छैन । हरेक साता एक-एक घण्टाका दुई एपिसोड राति ८ बजे प्रसारण हुनेछन् ।

दोस्रो सिजनमा ६० देखि ६५ जना ‘पिचर’ सहभागी भएका छन् भने छायांकन पूरा भइसकेको छ । पहिलो सिजनको तुलनामा यसपटक सहभागी व्यवसायको स्केल ६० देखि ६५ प्रतिशतले बढेको आयोजकको दाबी छ ।

दोस्रो सिजन पनि हिमालय टेलिभिजन एचडीबाटै प्रसारण हुनेछ । पहिलो सिजनका पाँचै जना शार्क-हेमराज ढकाल, आनन्द बगरिया, ऋतुसिंह वैद्य, सौरभ ज्योति र क्याबिनेट श्रेष्ठ-दोस्रो सिजनमा पनि सहभागी छन् ।

आयोजकका अनुसार दोस्रो सिजनमा प्रविधि, खाद्य तथा पेय पदार्थ र कृषि व्यवसायमा उद्यमीको रुचि बढेको छ । सहभागी केही व्यवसायमा अन्तर्राष्ट्रिय बजारमा विस्तारको सम्भावना देखिएको शार्कहरूले बताएका छन् । दोस्रो सिजनमा पहिलो सिजनको तुलनामा व्यवसायिक प्रस्तावहरू बढी परिपक्व र प्रमाणित रहेको आयोजकको भनाइ छ । कार्यक्रमले साना शहरका उद्यमीलाई समेत व्यवसाय विस्तार र लगानी खोज्न प्रेरित गरेको शार्कहरूको दाबी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय