FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

१३ असोज, काठमाडौं । मंगलबार शेयर कारोबार मापक नेप्से परिसूचक ९.६२ अंकले घटेको छ । अघिल्लो कारोबार दिन १६.४७ अंकले घटेर बन्द भएको नेप्से मंगलबार साढे ९ अंकले घटेको हो । आज कारोबारमा आएका १३ वटै उपसमूहमध्ये निर्जीवन बिमा र अन्यबाहेक सबैको परिसूचक घटेपछि समग्र नेप्से करिब दोहोरो अंकले घट्न पुगेको हो ।

अघिल्लो दिनको तुलनामा सोमबार ०.३६ प्रतिशतले घटेको हो । यससँगै समग्र नेप्से २ हजार ६ सय ३.७१ अंकमा ओर्लेको छ । कारोबारमा आएकामध्ये ६९ कम्पनीको शेयर मूल्य बढ्दा १९९ वटाको घट्यो । बाँकी १० कम्पनीको शेयर मूल्य स्थिर छ ।

मंगलबार कुल ५१ हजार २ सय ७४ पटकको कारोबारमा १ करोड १० लाख ६९ हजार ७४ कित्ता शेयर किनबेच भए । ती किनबेचमा ४ अर्ब ६५ करोड ४८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको हो ।

समूहगत रुपमा हेर्दा व्यापार सबैभन्दा धेरै १.८७ प्रतिशत घट्यो । बैंकिङ ०.१३, विकास बैंक ०.४५, फाइनान्स ०.३२, होटल तथा पर्यटन ०.६५, जलविद्युत् ०.५२, लगानी ०.२२, जीवन बीमा ०.३७, उत्पादन तथा प्रशोधन ०.५०, माइक्रोफाइनान्स ०.५५ प्रतिशत घटे । निर्जीवन बीमा ०.११ र अन्य समूह ०.१२ प्रतिशत बढे ।

आज सयपत्रि हाइड्रोपावरको मूल्य ६.७९, सर्वोत्तम पेन्ट्सको ६.२९, हाथवे इन्भेस्टमेन्ट कम्पनीको ३.४६, मेन्छियाम हाइड्रोपावरको ३.४० प्रतिशत मूल्य बढ्यो । मंगलबार हिमालयन डिस्टिलरीको सर्वाधिक कारोबार भएको छ ।

उक्त कम्पनीको एक हजार २९७ रूपैयाँमा २२ करोड ९९ लाख रूपैयाँको कारोबार भएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा १.९७ प्रतिशत घटेको हो । दोस्रो सूचीमा शिवम् सिमेन्ट रहेको छ । उक्त कम्पनीको ६९० रूपैयाँमा १७ करोड २५ लाख रूपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये निर्जीवन बीमा र अन्य समूहको परिसूचक बढेको छ भने बाँकी ११ समूहको घटेको छ । यसमध्ये व्यापार समूहको परिसूचक सर्वाधिक १.८७ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय