FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

१३ असोज, काठमाडौं । प्रेस काउन्सिल नेपालका अध्यक्षलाई कार्यकक्षमै ‘झ्यालबाट टिपेर फालिदिन्छु’ भन्दै धम्कीपूर्ण अभिव्यक्ति दिइएको घटनाप्रति काउन्सिलले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

मंगलबार बिहान नेपाल पत्रकार महासङ्घको नेतृत्वसँग लोककल्याणकारी विज्ञापन सम्बन्धी छलफलका क्रममा पत्रकार दीपक पाण्डेले काउन्सिल अध्यक्षलाई उक्त धम्कीपूर्ण अभिव्यक्ति दिएको विज्ञप्तिमा उल्लेख छ ।

छापामाध्यम बचाउ सुझाव कार्यदलका मागका सम्बन्धमा काउन्सिल अध्यक्षको कार्यकक्षमा छलफल जारी रहँदा अन्य सहभागीबाट समेत काउन्सिलका कर्मचारीलाई अपमानजनक व्यवहार भएको भन्दै काउन्सिलले भत्र्सना गरेको छ । छलफल र असहमति हुनु स्वाभाविक भए पनि त्यस क्रममा धम्कीपूर्ण भाषा स्वीकार्य हुन नसक्ने काउन्सिलको ठहर छ । काउन्सिलले आफ्ना पेसागत माग राख्ने अधिकारको सम्मान गर्ने भए पनि संस्थागत संवादका क्रममा मर्यादित र जिम्मेवार व्यवहारको अपेक्षा गरिएको बताएको छ ।

उक्त विज्ञप्तिमा प्रेस काउन्सिल नेपालका सदस्यहरू नम्रता शर्मा, रविराज बराल, उपासना घिमिरे र प्रकाशभक्त माथेमाले संयुक्त रूपमा हस्ताक्षर गरेका छन् ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय