FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

१५ असोज, काठमाडौं। मनाङको नार्फाभूमि गाउँपालिका-५ स्थित हिम्लुङ हिमालमा गएको विनाशकारी हिमपहिरोमा परी बेपत्ता भएकाहरूमध्ये थप चार जनाको शव फेला परेको छ। थप शव भेटिएसँगै उक्त हिमपहिरोमा परेर ज्यान गुमाउनेको सङ्ख्या ११ पुगेको छ।

हिमपहिरोमा हराइरहेका आरोही तथा सहयोगीहरूको खोज तथा उद्धारमा खटिएको नेपाल राष्ट्रिय पर्वतारोहण तथा पर्वतारोहण गाइड सङ्घ (नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसन) को टोलीले असोज १५ गते (बिहीबार) थप चार जनाको शव फेला पारेको हो। उद्धार टोलीका प्रमुख पासाङ काजी शेर्पा नेतृत्वको अनुभवी माउन्टेन गाइड टोलीले घटनास्थलमा खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिने क्रममा ती शवहरू फेला पारेको जानकारी दिएको छ।

उद्धार टोली प्रमुख शेर्पाका अनुसार हिमपहिरोमा पुरिएका शवहरू निकाल्ने कार्य जारी रहेको छ भने नयाँ फेला परेका शवहरूको पहिचान हुन बाँकी छ।

यसअघि असोज १४ गते (बुधबार) आश गुरुङ, सुरज राई र पदम मगरको शव फेला परेको थियो। त्यसैगरी असोज ११ गते (आइतबार) र १२ गते (सोमबार) वीरेन्द्र गुरुङ, घनश्याम राई, छेवी भोटे र पासाङ भोटेको शव भेटिएको थियो।

हिम्लुङको आधार शिविरमा गत असोज ११ गते गएको हिमपहिरोमा कुल १६ जना आरोही तथा सहयोगीहरू पुरिएर बेपत्ता भएका थिए। असोज ९ गतेदेखि नै मौसम प्रतिकूल बनेका कारण हिमालमा हिमपहिरोको जोखिम बढेको थियो।

पहिरोमा परेका १६ मध्ये हालसम्म ११ जनाको शव प्राप्त भइसकेको छ भने अझै पाँच जना आरोही तथा सहयोगीहरू सम्पर्कविहीन रहेका छन्। बेपत्ता बाँकी पाँच जनाको खोजी कार्य निरन्तर जारी रहेको उद्धार टोलीले जनाएको छ। हिमपहिरो गएकै समयमा आरोहणमा रहेका अन्य ११ जना भने दोस्रो दिन सकुशल सम्पर्कमा आएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय