FLASH NEWS
आज भाइटीका, उत्तम साइत बिहान ११ः०७ बजे । एनपीएल: सुदूरपश्चिमले जनकपुर बाेल्ट्सलाई २७ रनले हरायाे । झापामा जुवातास खेलिरहेको अवस्थामा घरधनीसहित १२ जना पक्राउ । नेपाल संवत् नेपालको मौलिक पहिचान हो : राष्ट्रपति पौडेल । एनपीएल : आज जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स भिड्दै । आज हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना । नेपाल संवत् ११४७ सुरु, नेवार समुदायमा म्हः पूजा गरिँदै । यमपञ्चकको पाँचौँ दिन आज गोवर्द्धन, बली, गोरु र हलिको पूजा गरी मनाइदै । एनपीएल : काठमाडौं चौथो जितसहित प्लेअफनजिक, चितवन पराजित । दाङमा छ सयभन्दा बढी गाईको सामूहिक पूजा । एनपीएलः पोखराको सानदार पुनरागमन, कर्णाली ६३ रनले पराजित । डोल्पा कारागारबाट फरार भएका कैदीमध्ये थप दुईजना पक्राउ ।

१० कात्तिक, काठमाडौं । मंगलबार शेयर कारोबार मापक नेप्से परिसूचक शून्य दशमलव ९४ अंकले बढेको छ । आज नेप्से परिसूचक २ हजार ६३० दशमलव ७६ विन्दुमा उक्लिएको छ ।

जलविद्युत्, लघुवित्त, सामुहिक लगानी कोष र अन्य उपसमूहबाहेक सबै घटेको छ । जलविद्युत्को ५९.०५, लघुवित्तको शून्य दशमलव ७६, सामुहिक लगानी कोषको शून्य दशमलव शून्य ७ र अन्य उपसमूहको १.१३ अंकले बढेको छ ।

कारोबार रकम बढेको छ । हिजो ४ अर्बको कारोबार भएकोमा आज ५ अर्ब ८० करोडको भयो । आज जलविद्युत् क्षेत्रमा आकर्षण देखिएको छ । सो समूहगत सूचक सबैभन्दा धेरै १.६५ प्रतिशत अर्थात् ५९ अंक बढ्यो । अघिल्लो दिन उत्पादन तथा प्रशोधन क्षेत्रमा आकर्षण देखिएको थियो ।

कारोबारमा आएकामध्ये १३५ कम्पनीको शेयर मूल्य बढेको छ भने १३६ कम्पनीको मूल्य घटेको छ । ८ कम्पनी मूल्य स्थिर छ । मंगलबार बेनी हाइड्रोपावरको १४.९८, माथिल्लो मैलुङ खोला जलविद्युत् कम्पनीको १२.०९, दोर्दी खोला जलविद्युत् कम्पनीको ६.७९, सुपर मादि हाइड्रोपावरको ५.९५, सृजनशील लघुवित्त वित्तिय संस्थाको ५.६८ प्रतिशतले बढेको छ ।

युनिलिभर नेपालको ४.९१, नबिल डिबेञ्चरको ४.३५, आरबीबी फोकस ४० को ३.२९, सनराइज फस्र्ट म्युचअल फन्डको २.९७, केबीएल डिबेञ्चरको २.९६ प्रतिशतले मूल्य घट्यो ।

आज माइक्रोफाइनान्स ०.०१, अन्य ०.०६ प्रतिशत बढे । बैंकिङ ०.३७, विकास बैंक ०.४५, फाइनान्स ०.१८, होटल तथा पर्यटन ०.५१, लगानी ०.२३, जीवन बीमा ०.५९, उत्पादन तथा प्रशोधन ०.५०, निर्जीवन बीमा ०.०६ तथा व्यापार ०.२६ प्रतिशत घटे ।

आज सर्वाधिक गुमाउने कम्पनीमा युनिलिभर नेपाल लिमिटेड रहेको छ । यो कम्पनीको ४.९१ प्रतिशत घटेर ४७ हजार ५०० रुपैयाँ कायम भएको छ ।

त्यस्तै, नबिल डिबेञ्चरको ४.३५ प्रतिशत, आरबीबी फोकस ४० को ३.२९ प्रतिशत, सनराइज फस्र्ट म्युचुअल फण्डको २.९७ प्रतिशत, केबीएल डिबेञ्चरको २.९६ प्रतिशत, एनएमबी इनर्जी बण्डको २.९५ प्रतिशत, लक्ष्मी उन्नती कोषको २.९४ प्रतिशत, एसबीएल डिबेञ्चरको २.९२ प्रतिशत, सानिमा बैंक डिबेञ्चरको २.९१ प्रतिशत र चिरख्वा हाइड्रोको २.८० प्रतिशतले घटेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय