FLASH NEWS
आज भाइटीका, उत्तम साइत बिहान ११ः०७ बजे । एनपीएल: सुदूरपश्चिमले जनकपुर बाेल्ट्सलाई २७ रनले हरायाे । झापामा जुवातास खेलिरहेको अवस्थामा घरधनीसहित १२ जना पक्राउ । नेपाल संवत् नेपालको मौलिक पहिचान हो : राष्ट्रपति पौडेल । एनपीएल : आज जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स भिड्दै । आज हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना । नेपाल संवत् ११४७ सुरु, नेवार समुदायमा म्हः पूजा गरिँदै । यमपञ्चकको पाँचौँ दिन आज गोवर्द्धन, बली, गोरु र हलिको पूजा गरी मनाइदै । एनपीएल : काठमाडौं चौथो जितसहित प्लेअफनजिक, चितवन पराजित । दाङमा छ सयभन्दा बढी गाईको सामूहिक पूजा । एनपीएलः पोखराको सानदार पुनरागमन, कर्णाली ६३ रनले पराजित । डोल्पा कारागारबाट फरार भएका कैदीमध्ये थप दुईजना पक्राउ ।

१८ कात्तिक, काठमाडौं । बुधबार शेयरबजार सामान्य अंकले बढेको छ । नेप्से परिसूचक १.४० अंकले बढेर २६६५.५३ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३५८ कम्पनीको २ करोड १२ लाख २३ हजार ४१४ कित्ता शेयर किनबेच भए । ७ अर्ब ४३ करोड बराबरको कारोबार भएको छ ।

कारोबार रकम बढेको छ । अघिल्लो दिन ५ अर्ब ६५ करोडको कारोबार भएकोमा आज ७ अर्ब ४३ करोडको भएको हो । आज ९८ कम्पनीको मूल्य बढ्यो । १७१ को घट्यो । त्यस्तै ९ कम्पनीको मूल्य स्थिर रह्यो ।

आज अन्य समूह सबैभन्दा धेरै ६.१८ प्रतिशत बढ्यो । यो समूहमा सूचीकृत दुई पुनर्बीमा कम्पनी नेपाल र हिमालयनको मूल्य उच्च दरले बढ्दा समूहमा प्रभाव देखिएको हो । यो कम्पनीको मूल्य आज सबैभन्दा धेरै १५ प्रतिशत बढ्यो । सँगै अर्को हिमालयन रिले पनि हकप्रद जारी गरेर पूँजी बढाउने निश्चित भएपछि यो कम्पनीको मूल्य ११.४८ प्रतिशत बढ्यो ।

अन्य समूहका अलवा व्यापार १.११, जीवन बीमा ०.१० प्रतिशत बढे । बैंकिङ ०.८२, विकास बैंक ०.४४, फाइनान्स ०.८२, होटल तथा पर्यटन ०.७४, जलविद्युत् ०.६८, लगानी ०.४५, उत्पादन तथा प्रशोधन ०.२८, माइक्रोफाइनान्स ०.२० तथा निर्जीवन बीमा ०.१३ प्रतिशत घटे ।

दुई पुनर्बीमाका अलवा स्वेत गंगा हाइड्रोको ८.६५, घोराही सिमेन्टको ५, नेपाल रिपब्लिक मिडियाको ४.९७, मन्दाकिनी हाइड्रोको ४.४२ प्रतिशत मूल्य बढ्यो । शिखर पावरको मूल्य ३.७४, सीवाईसी लघुवित्तको ३.३४, चिरख्वा हाइड्रोपावरको ३.२६, जनउत्थान सामुदायिक लघुवित्तको ३.२० प्रतिशत मूल्य घट्यो ।

बुधबार स्वेत गंगा हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको ३३३ रूपैयाँमा ८५ करोड ८४ लाख रूपैयाँको कारोबार भएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा ८.६५ प्रतिशत बढेको हो ।

घोराही सिमेन्ट कम्पनीको ४२० रूपैयाँमा ५१ करोड २४ लाख रूपैयाँ बराबरको शेयर कारोबार भएको छ । आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये चार समूहको परिसूचक बढेको छ भने बाँकी नौ समूहको घटेको छ । यसमध्ये अन्य समूहको परिसूचक सर्वाधिक ६.१८ प्रतिशतले बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय