FLASH NEWS
आज भाइटीका, उत्तम साइत बिहान ११ः०७ बजे । एनपीएल: सुदूरपश्चिमले जनकपुर बाेल्ट्सलाई २७ रनले हरायाे । झापामा जुवातास खेलिरहेको अवस्थामा घरधनीसहित १२ जना पक्राउ । नेपाल संवत् नेपालको मौलिक पहिचान हो : राष्ट्रपति पौडेल । एनपीएल : आज जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स भिड्दै । आज हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना । नेपाल संवत् ११४७ सुरु, नेवार समुदायमा म्हः पूजा गरिँदै । यमपञ्चकको पाँचौँ दिन आज गोवर्द्धन, बली, गोरु र हलिको पूजा गरी मनाइदै । एनपीएल : काठमाडौं चौथो जितसहित प्लेअफनजिक, चितवन पराजित । दाङमा छ सयभन्दा बढी गाईको सामूहिक पूजा । एनपीएलः पोखराको सानदार पुनरागमन, कर्णाली ६३ रनले पराजित । डोल्पा कारागारबाट फरार भएका कैदीमध्ये थप दुईजना पक्राउ ।

१९ कात्तिक, काठमाडौं । बिहिबार शेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक १२.९५ अंकले घटेर २६५२.५८ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३४९ कम्पनीको १ करोड २३ लाख ७३ हजार ८४१ कित्ता शेयर किनबेचबाट ४ अर्ब ७२ करोड बराबरको शेयर कारोबार भएको छ ।

अघिल्लो दिन नेप्से १.४० अंक बढेको थियो । कारोबार सुरु भएपछि २ मिनेटसम्म बजारले बढ्ने संकेत देखाएपनि त्यसपछि दिनभर बजार रातो अंकमा रह्यो । कारोबार रकम पनि कमी आएको छ । माइक्रोफाइनान्सबाहेक सबै समूहगत सूचक घटेका छन् । माइक्रोफाइनान्स जम्मा ०.०९ प्रतिशत बढ्यो । सबै समूहगत सूचकको उतारचढाव १ प्रतिशतभन्दा कम रह्यो ।

बैंकिङ ०.५७, विकास बैंक ०.७०, फाइनान्स ०.५०, होटल तथा पर्यटन ०.४२, जलविद्युत् ०.६७, लगानी ०.२९, जीवन बीमा ०.४६, उत्पादन तथा प्रशोधन ०.६२, निर्जीवन बीमा ०.३९, अन्य ०.४८ तथा व्यापार ०.१४ प्रतिशत घटे । स्नो रिभर्सको २.८७, एसियन हाइड्रोपावरको २.७०, मेरो माइक्रोफाइनान्सको २.४२, भगवती हाइड्रोपावरको २.३८, आँखुखोला जलविद्युतको मूल्य २.३७ प्रतिशत बढ्यो ।

त्यस्तै चिरख्वा हाइड्रोपावरको ४.६१, हिमालयन रिइन्स्योरेन्सको ३.७५, उन्नति सहकार्य लघुवित्तको ३.६५, भुजुङ हाइड्रोपावरको ३.६५ प्रतिशत मूल्य घट्यो । बिहीबार आँखुखोला जलविद्युतको सर्वाधिक कारोबार भएको छ ।

उक्त कम्पनीको ३४६ रूपैयाँमा १८ करोड १९ लाख रूपैयाँको कारोबार भएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा २.३७ प्रतिशत बढेको हो । नेपाल पुनर्बीमा कम्पनीको ९१९ रूपैयाँमा १४ करोड ७५ लाख रूपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये लघुवित्त समूहको परिसूचक ०.०९ प्रतिशले बढेको छ भने बाँकी १२ समूहको घटेको छ । कारोबार रकमका आधारमा आँखुखोला जलविद्युत् कम्पनी, नेपाल पुनर्बीमा, घलेम्दी हाइड्रोपावर, अपी पावर, एनआईसी एसिया बैंक, छिमेक लघुवित्त तथा राधि विद्युत् क्रमशः अगाडि रहे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय