FLASH NEWS
२४ घण्टामा ट्राफिकले गर्यो ६७५ जनालाई कारबाही । यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर । आज मौसम मुख्यतया सफा रहने । विवाहपञ्चमीको निम्तो लिएर ‘भार’सहितको टोली सरयु कमला एक्सप्रेसबाट अयोध्या प्रस्थान । रास्वपाले झोला त्यागेर फाइल र डायरी प्रयोग गर्छ : सभापति लामिछाने । कांग्रेसको नाम, झण्डा र रूख चुनाव चिह्न प्रयोग गर्न कसैले रोक्न सक्दैन : डा.महत । नवौँ मेजर एन.बी. रुङमाहाङ अन्तरराष्ट्रिय आमन्त्रण रनिङ गोल्डकप फुटबल पुस ४ देखि । प्रधानमन्त्री शाहले दशौँ राष्ट्रिय खेलकुद उद्घाटन गर्ने, कर्णालीमा थप पूर्वाधार बनाइने । पूर्व प्रहरीको अनुभव र ऊर्जालाई देश निर्माणमा लगाउनुपर्छ :अध्यक्ष लिङ्देन । १२ वर्षपछि भिक्टोरियाको सत्ता गठबन्धनको हातमा, जेस विल्सन प्रिमियर बन्ने । सर्लाहीमा सांसद अमरेश सिंहलाई कालो झण्डा, विरोध प्रदर्शन गर्ने चार जना पक्राउ । यस्तो छ, शनिबार विदेशी मुद्राको विनिमयदर ।

१३ मङ्सिर, काठमाडौं । नेपालमा हाल कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशका अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहने भए पनि केही हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली हुने सम्भावना रहेको छ।

महाशाखाका अनुसार हाल देशका हिमाली तथा पहाडी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका थोरै स्थानमा भने हुस्सु तथा तुवाँलो लागेको छ।

आज दिउँसो देशको हिमाली भूभागका साथै कोशी र बागमती प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ। हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

त्यसैगरी, आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा तथा लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ। अन्य क्षेत्रमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने सम्भावना छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय