FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

उद्योग विभागले चालू आर्थिक वर्ष २०८२/०८३ को १० महिनामा आएको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई)को तथ्यांक सार्वजनिक गरेको छ।

यसअनुसार वैशाखसम्म कुल ४५ अर्ब ३२ करोड १६ लाख ३ हजार १ सय ५२ रुपैयाँबराबरको कुल लगानी प्रतिबद्धता आएको हो।

विभागका अनुसार वैशाखमा मात्रै ३ अर्ब ५२ करोड ३० लाख २२ हजार ९ सय रुपैयाँको लगानी प्रतिबद्धता आएको हो।

तथ्यांकअनुसार १० महिनामा स्वचालित मार्गबाट ५ अर्ब ७६ करोड ७३ लाख ३६ हजार र विभागको प्रमाणीकरण मार्गबाट ३९ अर्ब ५५ करोड ४२ लाख ६७ हजार १ सय ५२ रुपैयाँबराबरको प्रतिबद्धता आएको छ। वैशाखमा मात्रै स्वचालित मार्गबाट १ अर्ब ६६ करोड ८६ लाखको तथा विभागको प्रमाणीकरण मार्गबाट १ अर्ब ८५ करोड ४४ लाख २२ हजार ९ सय रुपैयाँबराबरको लगानी प्रतिबद्धता आएको छ।

उक्त लगानी प्रतिबद्धता ७ सय ११ साना, ८ वटा मध्यम र ९ वटा ठूला उद्योगका लागि आएको हो। क्षेत्रगत रुपमा सूचना प्रविधि क्षेत्रमा ४२१ वटा उद्योगका लागि, उत्पादन क्षेत्रमा ४२ वटाका लागि, ऊर्जा क्षेत्रमा २, कृषि क्षेत्रमा १६, पर्यटनमा १८९, खनिजमा २, सेवामा ५५ र पूर्वाधारमा एउटा उद्योगका लागि प्रतिबद्धता आएको हो।

लगानी प्रतिबद्धता रकमका हिसाबले भने कृषिमा २२ अर्ब बढी, ऊर्जामा २३ करोड, उत्पादनतर्फ २ अर्ब ७० करोड, आईसीटीमा १ अर्ब ७४ करोड, सेवा क्षेत्रमा ४ अर्ब २३ करोड, पूर्वाधारमा १ अर्ब ६५ करोड, खनिजमा १ करोड १५ लाख र पर्यटनमा १२ अर्ब ५४ करोड बराबरको लगानी प्रतिबद्धता आएको छ।

यो अवधिमा बिजनेस भिसा लिनेको संख्या भने घटेको तथ्यांकले देखाएको छ। गत वर्ष १० महिनामा २ हजार ६ सय ८९ वटा लगानीकर्तालाई भिसा दिइएकोमा यो संख्या यस वर्ष घटेर १ हजार ६ सय ८० वटामा सीमित भएको छ। त्यसैगरी उनीहरुका प्रतिनिधिका लागि गत वर्ष ३४२ वटा भिसा सिफारिस भएकामा यो संख्या पनि २९४ वटामा खुम्चिएको छ। लगानीकर्ताको परिवारका लागि ८ सय ५८ वटा भिसा सिफारिस भएकामा यस वर्ष यो अवधिमा ६ सय ५३ वटामा खुम्चिएको छ।

विदेशी लगानीकर्ताले यो १० महिनामा रोयल्टीबापत नेपाली रुपैयाँमा ५ अर्ब ९ करोड ७३ लाख १२ हजार ५ सय ९१, अमेरिकी डलरमा ११ लाख ७९ हजार ५ सय ४१, भारतीय रुपैयाँमा ३४ करोड ९१ लाख २६ हजार ९ सय ४ लगेका छन्। गत वर्ष सोही अवधिमा नेपाली रुपैयाँमा १ अर्ब ५१ करोड ८५ लाख १९ हजार ४ सय ५६, अमेरिकी डलरमा ९३ लाख ६४ हजार ७ सय ३०, भारतीय रुपैयाँमा ४० करोड ६५ लाख ५२ हजार ७ सय ९० र युरोमा ६१ हजार ४ सय ३१ लगेका थिए।

उनीहरुले नेपालमा आर्जन गरेको नाफाबापत १७ अर्ब ७९ करोड ५३ लाख १५ हजार ३०२ रुपैयाँ लाभांश लगेका छन्। गत वर्ष यही अवधिमा उनीहरुले ९ अर्ब ४९ करोड ९६ लाख ९५ हजार ९ सय ८९ रुपैयाँ मात्र लगेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय