FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

अविरल वर्षाका कारण आएको बाढी र पहिरोले पाँचथरको याङ्वरकमा व्यापक क्षति पुर्‍याएको छ। पहिरोका कारण याङ्वरक-१ मा दुई वटा घर र एक भान्साघर बगेका छन्। स्थानीय मनबहादुर खवास (महमलाल) को बस्ने घर र गोठ तथा सोही ठाउँका कविराज राईको घर पहिरोले बगाएको हो। यसै गरी, बलबहादुर खालिङको भान्साघर समेत पहिरोले बगाएको स्थानीयले जनाएका छन्।

बाढी र पहिरोका कारण मध्यपहाडी लोकमार्गको थर्पु-चिवाभञ्ज्याङ खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। सडकका विभिन्न ठाउँमा पहिरो खसेको छ भने दोभाने भन्ने स्थानमा बनाइएको डाइभर्सन र एउटा निर्माणाधीन पुल समेत बाढीले बगाएको छ। यता पाँचथर र ताप्लेजुङ जोड्ने इन्द्रावती खोलाको पुलमा क्षति पुग्दा दुई जिल्लाबीचको यातायात सेवा समेत ठप्प भएको छ।

बाढीले यस क्षेत्रका महत्त्वपूर्ण झोलुङ्गे पुलहरूमा पनि ठुलो क्षति पुर्‍याएको छ। याङ्वरक-१ स्थित च्याङथापु र चाम्लिङडाँडा जोड्ने पुल, च्याङथापु-एकराते जोड्ने पुल तथा याङ्वरक-२ दोभानेस्थित नाम्रेक-फलैँचा जोड्ने झोलुङ्गे पुल बाढीका कारण क्षतिग्रस्त भएका छन्। यसै गरी, ओयाम बजार छेउमा ठुलो पहिरो गएकाले बजार क्षेत्र समेत जोखिममा परेको छ।

अहिले प्रभावित क्षेत्रमा मोबाइलको नेटवर्क नभएको र विद्युत् सेवा समेत अवरुद्ध भएका कारण घटनाको विस्तृत विवरण प्राप्त हुन बाँकी रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय