FLASH NEWS
शिख धर्मका प्रवर्तक गुरु नानकको जन्मजयन्ती मनाइँदै । ताप्लेजुङमा पाँच दशमलव छ म्याग्निच्युडको भूकम्प । वीरेन्द्रनगरमा निर्माण भएको प्रदेश रङ्गशाला प्रदेश सरकारलाई हस्तान्तरण । संसदका चार समितिको बैठक बस्दै, विभिन्न विधेयकमा छलफल हुने । यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर । आजको मौसम : देशभर मौसम मूख्यतया सफा रहने । उग्रतारा भगवती मन्दिरमा आज भव्य मेला लाग्दै । गरिमा विकास बैंकको २०औँ वार्षिकोत्सवमा ९ स्थानमा रक्तदान आयोजना । भारत भ्रमण सकेर प्रधानमन्त्री बालेन स्वदेश फर्किँए । नेपाल–भारत सीमा समस्याबारे दुवै देश सन्तुष्ट (संयुक्त प्रेस विज्ञप्ति) । प्रधानमन्त्री वालेन र भारतका राष्ट्रपति द्रौपदीबीच भेटवार्ता । भारतीय प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो ।

काठमाडौंमा जारी काभा महिला भलिबल च्याम्पियनसिपमा आज तीन खेल हुँदै छन् । आज पहिलो खेल अपराहन्न १२ बजे पुल बी का इरान र श्रीलंकाबीच खेल हुँदै छ । त्यस्तै दोस्रो खेल पुल बी का बङ्गलादेश र काजकिस्तानबीच दिउसो साढे २ बजेदेखि खेल हुँदै छ ।

त्यस्तै तेस्रो खेल पुल ए का नेपाल र माल्दिभ्सबीच साँझ ५ बजेदेखि खेल हुने तालिका रहेको छ । नेपालले आफ्नो पहिलो खेलमा भारतसँग हार बेहोरेको थियो भने दोस्रो खेलमा किर्गिस्तानमाथि जित हासिल गरेको थियो । त्यस्तै माल्दिभ्सले भने आफ्ना दुवै खेलमा हार बेहोरेको छ । माल्दिभ्सले किर्गिस्तान र भारत दुवैसँग सोझो सेटमा पराजय बेहोरेको थियो । नेपाल सेमिफाइनलमा पुग्न आज माल्दिभ्सलाई सोझो सेटमा पराजित गर्नुपर्ने भएको छ ।

जेठ १४ गतेसम्म हुने प्रतियोगितामा नेपालसहित किर्गिस्तान, भारत, मालदिभ्स, इरान, काजकिस्तान, श्रीलंका र बंगलादेशले भाग लिदैछन् । यस प्रतियोगितामा नेपाल पुल ए मा भारत, किर्गिस्तान र माल्दिभ्ससँग रहेको छ ।

यस प्रतियोगिताका लागि निरुता ठगुन्नाको कप्तानीमा १४ सदस्यीय नेपाली राष्ट्रिय महिला भलिबल टिमको घोषणा गरिएको छ । नेपाली टिममा निरुता ठगुन्ना (कप्तान), उषा भण्डारी, मिना सुनार, सलिना बुढामगर, कामना विष्ट, रिमा कुँवर, सलिना श्रेष्ठ, बसन्ती साउद, सुमित्रा रेग्मी, सुनिता खत्री, एलिशा मानन्धर, प्रगति नाथ, जसना महतो र शान्तिकला तामाङ रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय