FLASH NEWS
शिख धर्मका प्रवर्तक गुरु नानकको जन्मजयन्ती मनाइँदै । ताप्लेजुङमा पाँच दशमलव छ म्याग्निच्युडको भूकम्प । वीरेन्द्रनगरमा निर्माण भएको प्रदेश रङ्गशाला प्रदेश सरकारलाई हस्तान्तरण । संसदका चार समितिको बैठक बस्दै, विभिन्न विधेयकमा छलफल हुने । यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर । आजको मौसम : देशभर मौसम मूख्यतया सफा रहने । उग्रतारा भगवती मन्दिरमा आज भव्य मेला लाग्दै । गरिमा विकास बैंकको २०औँ वार्षिकोत्सवमा ९ स्थानमा रक्तदान आयोजना । भारत भ्रमण सकेर प्रधानमन्त्री बालेन स्वदेश फर्किँए । नेपाल–भारत सीमा समस्याबारे दुवै देश सन्तुष्ट (संयुक्त प्रेस विज्ञप्ति) । प्रधानमन्त्री वालेन र भारतका राष्ट्रपति द्रौपदीबीच भेटवार्ता । भारतीय प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो ।

वैदिक सनातन परम्परा, संस्कृत शिक्षा र अध्यात्म चेतनाका अग्रदूतका रूपमा परिचित महामनीषी स्वामी विवेकानन्द सरस्वती महाराजको निधन भएको छ ।

लामो समयदेखि अध्यात्म, धर्मप्रचार, गुरुकुल शिक्षा र वेदान्त प्रवचनमार्फत हजारौँ श्रद्धालु र विद्यार्थीलाई मार्गदर्शन गर्दै आउनुभएका उहाँको शनिबार साँझ बुटवल नयाँमिलस्थित आश्रममा निधन भएको हो । उहाँ अर्बुद रोगबाट पीडित हुनुहुन्थ्यो।

२०१२ भदौ १४ गते बाग्लुङको तोरीखोलामा जन्मिनुभएका उहाँको बाल्यकालीन नाम खेमराज गैरे थियो । सानैदेखि वैराग्य र साधनाप्रति झुकाव राख्ने उहाँले सांसारिक जीवनभन्दा अध्यात्मको मार्ग रोज्नुभयो।

पारिवारिक जीवनमा बाँध्ने प्रयास भए पनि उहाँको मन साधुसन्तको सान्निध्य र तपस्यामै केन्द्रित रह्यो । पछि घर छाडेर साधनायात्रामा निस्कनुभएका उहाँले स्वर्गद्वारी परम्पराका झ्याम्पाली महाराज, योगसिद्ध छविलाल गुरु तथा स्वामी परमानन्द सरस्वतीजस्ता महापुरुषहरूको सान्निध्य प्राप्त गर्नुभयो।

स्वामी परमानन्द सरस्वतीबाट ब्रह्मचर्य दीक्षा लिएपछि उहाँ “खिमानन्द ब्रह्मचारी”का रूपमा परिचित हुनुभयो भने पछि स्वामी सत्यप्रकाशानन्द सरस्वतीबाट सन्न्यास दीक्षा ग्रहण गरी “स्वामी विवेकानन्द सरस्वती” नामले प्रसिद्ध हुनुभयो ।

वृन्दावन र हरिद्वारमा रहेर उहाँले वेदान्त, भागवत तथा संस्कृत शास्त्रको गहिरो अध्ययन गर्नुभएको थियो । वृन्दावनमा रहँदा उहाँले विश्वप्रसिद्ध वेदान्ताचार्य स्वामी अखण्डानन्द सरस्वतीको सान्निध्य प्राप्त गर्नुभएको थियो । उहाँले धर्मप्रचारसँगै शिक्षा क्षेत्रमा पनि उल्लेखनीय योगदान पुर्‍याउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय