आगामी एसियन गेम्स क्रिकेट छनोट प्रतियोगिताका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली घोषणा गरिएको छ ।
नेपाल क्रिकेट संघ (क्यान)ले दीपेन्द्रसिंह ऐरीकाे कप्तानीमा घोषणा गरेको टोलीमा अनुभवी तथा युवा खेलाडीहरूको संयोजन गरिएको छ । टोलीमा रोहित पौडेल कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, कुशल मल्ल, लोकेश बम, सोमपाल कामी, सन्दीप लामिछाने, शेर मल्ल, नन्दन यादव, आरिफ शेख, करण केसी र शाहब आलम समावेश छन् ।
हालैका अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरिरहेका खेलाडीहरूलाई निरन्तरता दिइएको क्यानले जनाएको छ ।
एसियन गेम्स क्वालिफायर एक हप्तापछि अर्थात् मे ३१ देखि जुन ९ सम्म सिंगापुरमा हुँदै छ। नेपालले मे ३१ बिहान ७:१५ बजे चीनसँग, जुन २ मा कतारसँग, जुन ४ मा मलेसियासँग खेल्नेछ। क्वालिफायरमा नेपालसँगै चीन, मलेसिया र कतार छन्। अर्को समूहमा सिंगापुर, ओमान, हङकङ र बहरेन छन्।






