FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

एजेन्सी ।भारतको आसामको जोरहाटस्थित रौरिया इन्डियन एयरबेसमा भारतीय वायुसेनाको एउटा विमान दुर्घटनामा परेको छ । उक्त दुर्घटनामा पाइलटसहित ५ जना जवानको मृत्यु भएको छ भने एक जना को–पाइलट घाइते भएका छन् ।

ज्यान गुमाउनेहरूमा स्क्वाड्रन लिडर प्रशान्त सिंह, फ्लाइट लेफ्टिनेन्ट शुभम कुमार, सार्जेन्ट जितेन्द्र शर्मा, अग्निवीरवायु खेमाराम कुमावत र अग्निवीरवायु दानिश आलम रहेका छन् ।

यस क्षेत्रमा कार्गो र आपूर्तिका लागि प्रयोग गरिने दुई इन्जिन भएको टर्बोप्रप सैन्य परिवहन विमान, आसामको राजधानी दिसपुरबाट लगभग २९८ किलोमिटर उत्तरपूर्वमा रहेको जोरहाट जिल्लाको आइएएफ स्टेशनमा अवतरण गर्ने प्रयास गर्दा दुर्घटनाग्रस्त भएको जनाइएको छ ।

दुर्घटना पछि, वरिष्ठ आइएएफ अधिकारीहरू उद्धार र उद्धार अधिकारीहरुको समन्वयमा घटनास्थलमा उद्धार आगो नियन्त्रण गरेको बताइएको छ । दुर्घटनाको कारण आल सम्म पत्ता नलागेको जनाउदै आइएएफले अनुसन्धानको लागि निर्देशन दिइ सकेको बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय