FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘बी’ को खेलमा कतारले इन्जुरी समयको अन्तिम क्षणमा गोल गर्दै स्विट्जरल्यान्डसँग १–१ को बराबरी खेलेको छ । यससँगै कतारले विश्वकपको अन्तिम चरणमा पहिलो पटक अंक हासिल गरेको छ ।

खेलभर दबाबमा रहेको कतारका लागि बुलेम खौखीले ९४औँ मिनेटमा होमाम एल अमिनको क्रसलाई हेडमार्फत जाली चुमाउँदै बराबरी गोल गरेका थिए । अन्तिम समयमा आएको उक्त गोलपछि प्रशिक्षक जुलेन लोपेटेगीको टोलीले उत्साहपूर्ण खुसी मनाएको थियो ।

खेलको अधिकांश समय स्विट्जरल्यान्डले नियन्त्रणमा राखेको थियो । पहिलो हाफमा प्राप्त पेनाल्टी अवसरलाई ब्रिल एम्बोलोले गोलमा परिणत गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

कतारका गोलरक्षक महमुद अबुनादाले रेमो फ्रुलरलाई लडाएपछि स्विट्जरल्यान्डले खेलको १७औं मिनेटमा पेनाल्टी पाएको थियो। यद्यपि टेलिभिजन पुनर्प्रसारणमा फ्रुलर आक्रमणको सुरुआती क्रममा सामान्य अफसाइड अवस्थामा देखिएको थियो ।

एम्बोलोको गोलपछि स्विट्जरल्यान्ड सहज जिततर्फ अघि बढिरहेको देखिएको थियो । तर अवसरहरूको सदुपयोग गर्न नसक्दा स्विट्जरल्यान्डले महत्त्वपूर्ण दुई अंक गुमायो । नटिङ्घम फरेस्टका आक्रमणकर्ता डान न्दोयेले केही उत्कृष्ट अवसर खेर फाले भने रुबेन भार्गास र एम्बोलोले पनि सहज गोलका मौका गुमाए । लामो समयसम्म खेलमा कमजोर देखिएको कतारले अन्तिम क्षणमा अवसरको फाइदा उठाउँदै अप्रत्याशित रूपमा एक अंक हात पार्न सफल भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय