FLASH NEWS
जटिल प्रसूति समस्यामा परेकी बाजुराकी २० वर्षीया महिलाको हवाई उद्धार । सामुहिक गिरफ्तारीको आव्हान गर्दै स्याङ्जामा पनि पत्रकारहरुले बिरोध प्रदर्शन । एक महिनादेखि बेपत्ता युवतीको खोजीको माग गर्दै दुहबीमा प्रदर्शन । २४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ९१० जनालाई कारबाही । यस्तो छ, बिहीबार विदेशी मुद्राको विनिमयदर । नेपथ्य’ को साङ्गीतिक प्रस्तुतिमा झुमे बेनीका दर्शक । २२ वर्षपछि एउटै फिल्ममा उत्तम र निरुता, शुक्रबारदेखि प्रदर्शनमा आउने । कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक । आज देशभर मौसम मुख्यतया सफा रहने, तराईका केही स्थानमा हुस्सु र कुहिरो लाग्ने । नवलपुरमा जन्ती बोकेको जिप दुर्घटना, एक जनाको मृत्यु ११ जना घाइते । नबिल बैंक भिसा इन्टरनेशनलको दुई विधाका अवार्डद्वारा सम्मानित । १२.२६ प्रतिशत विद्युत चुहावट १२.१६ मा झर्‍यो ।

चार पटकको विश्वकप विजेता जर्मनीले विश्वकपमा पहिलो पटक सहभागी भएको कुरासाओलाई ७–१ ले पराजित गर्दै समूह ‘ई’ को आफ्नो पहिलो खेलमा प्रभावशाली सुरुआत गरेको छ ।

जर्मनीले खेलको छैटौं मिनेटमै अग्रता लिएको थियो । फ्लोरियन भिर्ट्जको उत्कृष्ट पासमा फेलिक्स नेम्चाले आकर्षक घुमाउरो प्रहार गर्दै प्रतियोगिताकै अहिलेसम्मको सबैभन्दा छिटो गोल गरेका थिए ।

तर विश्वकप इतिहासकै क्षेत्रफल र जनसंख्याका हिसाबले सबैभन्दा सानो राष्ट्रका रूपमा सहभागी भएको कुरासाओले २१औं मिनेटमा बराबरी गोल गर्दै जर्मनीलाई झट्का दिएको थियो । जुरिखका मिडफिल्डर लिभानो कोमेनेन्सियाको प्रहार जर्मन गोलरक्षक मानुएल नोयरलाई छल्दै जाली चुमेको थियो । ४० वर्षीय नोयर आफ्नो पाँचौं विश्वकप खेल्दै देशका सबैभन्दा बढी उमेरका अन्तर्राष्ट्रिय खेलाडी बने ।

बराबरी गोलपछि केही समय दबाबमा परेको जर्मनीले पुनः लय समात्यो । निको श्लोटरबेकले कर्नर प्रहारलाई हेडमार्फत गोल गर्दै टोलीलाई फेरि अग्रता दिलाए । त्यसपछि पहिलो हाफको अतिरिक्त समयमा काई हाभेर्ट्जले पेनाल्टीमार्फत गोल गर्दै जर्मनीलाई ३–१ को सहज अवस्थामा पुर्‍याए । दोस्रो हाफ सुरु भएको ६९ सेकेन्डमै जमाल मुसियालाले चौथो गोल थपे । त्यसपछि नाथानिएल ब्राउनले भलीमार्फत गोल गरे भने वैकल्पिक खेलाडी डेनिस उन्डाभले अर्को गोल थपे । उन्डाभले अन्तिम समयमा हाभेर्ट्जलाई पनि गोलका लागि अवसर सिर्जना गरिदिएपछि जर्मनीले ७–१ को फराकिलो जित सुनिश्चित गर्‍यो ।

यो जित सन् २०१४ को विश्वकपमा ब्राजिलविरुद्ध सेमिफाइनलमा हासिल गरेको ७–१ को ऐतिहासिक जितसँग बराबरी हो । साथै, जर्मनीले विश्वकप इतिहासमा कुल २३९ गोल पुर्‍याउँदै ब्राजिललाई पछि पारेर सबैभन्दा धेरै गोल गर्ने टोलीको कीर्तिमान पनि बनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय