FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

विश्वकपको समूह चरणअन्तर्गत बहुप्रतीक्षित खेलमा जापान र नेदरल्यान्ड्सले २–२ को रोमाञ्चक बराबरी खेलेका छन् । अन्तिम समयमा डाइची कामादाले गरेको गोलले जापानलाई महत्वपूर्ण एक अंक दिलाएको हो ।

सुरुआती हाफ अपेक्षाकृत सुस्त रह्यो । नेदरल्यान्ड्सले खेलमा बढी दबाब बनाए पनि जापानी गोलरक्षक जियोन सुजुकीले उत्कृष्ट प्रदर्शन गर्दै टोलीलाई खेलमा टिकाइराखे । विशेषगरी डोनियल मालेनका तीन प्रहार उनले बचाएका थिए ।

दोस्रो हाफ सुरु भएपछि खेलले गति लियो । ५१औं मिनेटमा लिभरपुलका कप्तान भर्जिल भान डाइकले रायन ग्राभेनबेर्खको क्रसमा सटीक हेडमार्फत गोल गर्दै नेदरल्यान्ड्सलाई अग्रता दिलाए । तर जापानले छिट्टै जवाफ फर्कायो। ५७औं मिनेटमा केइतो नाकामुराको शक्तिशाली प्रहारलाई नेदरल्यान्ड्सका गोलरक्षक बार्ट फेर्ब्रुगेनले रोक्न नसक्दा खेल १–१ को बराबरीमा पुग्यो । ६४औं मिनेटमा क्रिसेन्सियो समरभिलले पेनाल्टी क्षेत्रभित्रबाट उत्कृष्ट व्यक्तिगत प्रयासमा गोल गर्दै नेदरल्यान्ड्सलाई पुनः अग्रता दिलाए ।

खेलको अन्तिम समयसम्म आक्रामक खेल प्रस्तुत गरेको जापानले ८८औं मिनेटमा बराबरी गोल गर्न सफल भयो । कोकी ओगावाको प्रहारलाई डाइची कामादाले हल्का स्पर्शसहित जाली चुमाउँदै टोलीलाई हारबाट जोगाए । डलासमा उपस्थित हजारौं जापानी समर्थकले अन्तिम समयमा आएको यो गोलपछि उत्साहपूर्ण रूपमा खुसी मनाएका थिए । बराबरीसँगै दुवै टोलीले विश्वकप अभियान एक–एक अंकबाट सुरु गरेका छन् ।

अब जापानले अर्को खेल जुन २१ मा ट्युनिसियासँग खेल्ने छ भने जुन २६ मा स्विडेनसँग खेल्ने तालिका छन् । त्यस्तै नेदरल्याण्डसले अर्को खेल जुन २० मा स्विडेनसँग र जुन २६ मा ट्युनिसियासँग खेल्ने तालिका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय