FLASH NEWS
जटिल प्रसूति समस्यामा परेकी बाजुराकी २० वर्षीया महिलाको हवाई उद्धार । सामुहिक गिरफ्तारीको आव्हान गर्दै स्याङ्जामा पनि पत्रकारहरुले बिरोध प्रदर्शन । एक महिनादेखि बेपत्ता युवतीको खोजीको माग गर्दै दुहबीमा प्रदर्शन । २४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ९१० जनालाई कारबाही । यस्तो छ, बिहीबार विदेशी मुद्राको विनिमयदर । नेपथ्य’ को साङ्गीतिक प्रस्तुतिमा झुमे बेनीका दर्शक । २२ वर्षपछि एउटै फिल्ममा उत्तम र निरुता, शुक्रबारदेखि प्रदर्शनमा आउने । कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक । आज देशभर मौसम मुख्यतया सफा रहने, तराईका केही स्थानमा हुस्सु र कुहिरो लाग्ने । नवलपुरमा जन्ती बोकेको जिप दुर्घटना, एक जनाको मृत्यु ११ जना घाइते । नबिल बैंक भिसा इन्टरनेशनलको दुई विधाका अवार्डद्वारा सम्मानित । १२.२६ प्रतिशत विद्युत चुहावट १२.१६ मा झर्‍यो ।

पहिलो पटक विश्वकप खेलिरहेको केप भार्डेले पूर्वच्याम्पियन स्पेनलाई गोलरहित बराबरीमा रोकेर ऐतिहासिक नतिजा निकालेको छ ।

अमेरिकाको एटलान्टास्थित ६७ हजार दर्शक क्षमताको एट्लान्टा रंगशालामा अफ्रिकी राष्ट्र केप भार्डेले सोमबार बहादुरी प्रदर्शन गर्दै स्पेनलाई गोलको खडेरीमा राखेको हो ।

विश्वको तेस्रो सानो राष्ट्रले युरोपियन च्याम्पियन स्पेनलाई कुनै गोल गर्न नदिई बराबरीमा रोकेको हो । यसलाई विश्वकप इतिहासकै अप्रत्याशित नतिजाका रूपमा हेरिएको छ । केप भार्डेका ४० वर्षे गोलरक्षक भोजिन्हाले उत्कृष्ट बचाउ गर्दै आफ्नो टोलीलाई उत्कृष्ट नतिजा दिलाएका हुन् ।

यसपटकको विश्वकपमा दाबेदार मानिएको स्पेन विङ्गरद्वय लामिन यमल र निको विलियम्स तथा डानी ओल्मोबिनै मैदानमा उत्रिएको थियो । यमल र विलियम्स ह्यामस्टिङ चोटबाट मुक्त हुन नसकेको कारण प्लेयिङ ११ बाट खेलेका थिएनन् । उनीहरूको अनुपस्थितिमा स्पेनले राम्रो आक्रमण बुन्न सकेको थिएन ।

दोस्रो हाफमा हाइड्रेसन ब्रेकपछि यमल मैदानमा आएपछि स्पेनको आक्रमणमा तेज ल्याएका थिए, तर केप भार्डेको जब्बर रक्षापंक्तिले उनीहरूको प्रहारलाई निस्तेज पारेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय