FLASH NEWS
जटिल प्रसूति समस्यामा परेकी बाजुराकी २० वर्षीया महिलाको हवाई उद्धार । सामुहिक गिरफ्तारीको आव्हान गर्दै स्याङ्जामा पनि पत्रकारहरुले बिरोध प्रदर्शन । एक महिनादेखि बेपत्ता युवतीको खोजीको माग गर्दै दुहबीमा प्रदर्शन । २४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ९१० जनालाई कारबाही । यस्तो छ, बिहीबार विदेशी मुद्राको विनिमयदर । नेपथ्य’ को साङ्गीतिक प्रस्तुतिमा झुमे बेनीका दर्शक । २२ वर्षपछि एउटै फिल्ममा उत्तम र निरुता, शुक्रबारदेखि प्रदर्शनमा आउने । कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक । आज देशभर मौसम मुख्यतया सफा रहने, तराईका केही स्थानमा हुस्सु र कुहिरो लाग्ने । नवलपुरमा जन्ती बोकेको जिप दुर्घटना, एक जनाको मृत्यु ११ जना घाइते । नबिल बैंक भिसा इन्टरनेशनलको दुई विधाका अवार्डद्वारा सम्मानित । १२.२६ प्रतिशत विद्युत चुहावट १२.१६ मा झर्‍यो ।

फिफा विश्वकप २०२६ अन्तरगत बेल्जियम र इजिप्टबीच अमेरिकाको सियाटलमा सोमबार भएको खेल १–१ को बराबरीमा टुंगिएको छ । समूह ‘जी’ को यस खेललाई सबै ठूलो प्रतिस्पर्धाको रुपमा हेरिएको थियो । यस समूहको अन्य दुई टोलीमा इरान र न्युजिल्यान्ड रहेका छन् ।

इजिप्टले सियाटलमा १९ औं मिनेटमा गोलको खाता खोलेका थियो । कप्तान मोहम्मद सलाहको पासमा इमाम अशोरले पेनाल्टी बक्सबाट सशक्त प्रहार गर्दै इजिप्टबाट गोल गरेका थिए । अशोरले राष्ट्रिय टोलीबाट पहिलो गोल गरेका हुन् ।

पहिलो हाफको इन्जुरी टाइममा जेरेमी डोकुले बेल्जियमलाई बराबरीमा ल्याउने मौका गुमाएका थिए । दोस्रो हाफमा कप्तान केभिन डी ब्रुएनाले पनि बराबरीमा ल्याउने राम्रो मौका गुमाउन पुगे ।

भेट्रान स्ट्राइकर रोमेलु लुकाकुलाई ६६ औं मिनेटमा मैदानमा उतारेपछि बेल्जियम फरक देखिएको थियो । उनी नै बेल्जियमलाई बराबरीमा ल्याउनुको कारक बने । इजिप्टका मोहम्मद हानीले लुकाकुलाई रोक्ने क्रममा आफ्नै पोस्टमा गोल गरेपछि खेल १–१ को बराबरीमा आएको थियो, त्यसको केही सेकेन्ड अगाडीमात्र लुकाकु मैदान प्रवेश गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय