FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

जिल्लाको बर्दिबास नगरपालिका वडा नम्बर १२ डाँडाटोल बिजलपुरामा गत शुक्रबार राति भएको स्थानीय रिङ्कुकुमारी सिंहको मृत्यु प्रकरणमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मृतक रिङ्कुका पति शशिकुमार सिंह, ससुरा रामबाबु सिंह र सासू ललितादेवी सिंह रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक पञ्चलाल गोलेले बताए ।

पक्राउ परेका तीनै जनालाई प्रहरीले महोत्तरी जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर आत्महत्या दुरुत्साहन मुद्दामा अनुसन्धान अगाडि बढाएको जनाइएको छ ।

मृतक रिङ्कुका बुबा गौशाला नगरपालिका–११ बस्ने शत्रुधन महतोले छोरीको मृत्युको घटनामा संलग्न रहेको आरोपमा निजका पति, ससुरा, सासू, नन्द र नन्दका पतिविरुद्ध किटानी जाहेरी दिएपछि प्रहरीले घटना घटेकै दिनदेखि फरार रहेका उनीहरुमध्ये तीन जनाई पक्राउ गरेका छन् भने नन्द र नन्दका पति अझै फरार रहेको तथा उनीहरुको खोजतलास भइरहेका प्रहरी प्रवक्ता गोलेले बताए ।

२५ वर्षीया रिङ्कु गत शुक्रबार (जेठ २९ गते) राति ८ः०० बजेको समयमा आफ्नै दुईतले पक्की घरको आफू सुत्ने कोठामा पङ्खा झुण्ड्यिाउने सिलिङमा सलको पासो लगाई झुन्डिएको अवस्थामा मृत फेला परेपछि माइती पक्षले उनको हत्या गरिएको भन्दै घरमा तोडफोड र गाडीमा आगजनी गरेका थिए ।

मृतक रिङ्कुका बुबा शत्रुधनले छोरीका पति शशिले अर्को बिहे गरेपछि घरमा विवाद सुरु भएको पतिसहित घरका सबै सदस्यले छोरीलाई सम्बन्धविच्छेदका लागि दबाब दिँदै आएको र छोरीलाई लामो समयदेखि पटक पटक कुटपिट, गालीगलौज, शारीरिक यातनाका साथै घर निकाला गरिदिने धम्की दिँदै आएको आरोप लगाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय