FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

गुणस्तरीय शिक्षा र उत्कृष्ट नतिजामार्फत शैक्षिक क्षेत्रमा आफ्नो बेग्लै पहिचान बनाउन सफल काठमाडौं बनहार्ट सेकेन्डरी स्कुल यस वर्षको प्रतिष्ठित ‘बेस्ट प्लस टु अवार्ड’ बाट सम्मानित भएको छ।

केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिद्वारा ललितपुरस्थित द प्लाजामा मंगलबार आयोजित ‘चौथो संस्करणको केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८३’ समारोहमा काठमाडौं बनहार्टलाई उक्त सम्मान प्रदान गरिएको हो।

राजधानीको बल्खुमा अवस्थित यस विद्यालयले विगत लामो समयदेखि विज्ञान, व्यवस्थापन र कानुन संकायमा अब्बल नतिजासहित विद्यार्थीहरूको रोजाइमा पर्न सफल भएको छ ।

लामो शैक्षिक इतिहास बोकेको बन्र्हाटले विद्यार्थीको चौतर्फी विकास, अत्याधुनिक भौतिक पूर्वाधार, र प्रविधिमैत्री शिक्षण पद्धतिलाई आत्मसात् गर्दै आएको छ । केन्द्रबिन्दुले देशैभरका उत्कृष्ट प्लस टु कलेजहरूमध्येबाट शैक्षिक उत्कृष्टता, नवप्रवर्तन, व्यवस्थापन क्षमता र विद्यार्थीहरूको उपलब्धिलाई मुख्य आधार बनाएर यो मूल्यांकन गरेको हो ।

केन्द्रबिन्दुले हरेक वर्ष शिक्षा क्षेत्रमा उल्लेखनीय सुधार र प्रगति गर्ने उत्कृष्ट संस्थाहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले यो अवार्ड प्रदान गर्दै आएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय