FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

फिफा विश्वकप-२०२६ अन्तर्गत बुधबार बिहान बोस्टन स्टेडियममा भएको खेलमा नर्वेले इराकमाथि ४–१ को सहज जित दर्ता गरेको छ। यो खेलमा नर्वेका स्टार स्ट्राइकर इर्लिङ हालान्डले दुई गोल गर्दै टिमको जित सुनिश्चित गरे।

इराक ४० वर्षपछि विश्वकपमा फर्किएको हो भने नर्वे २८ वर्षपछि मैदान उत्रिएको हो। पहिला गोल खेलको २९ औँ मिनेटमा भयो। एन्टोनियो नुसाको उत्कृष्ट पासलाई सदुपयोग गर्दै हालान्डले नर्वेलाई १–० को अग्रता दिलाए।

त्यसको १० मिनेटपछि नै इराकका स्टार स्ट्राइकर आयमेन हुसेनले उत्कृष्ट हेडरमार्फत गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याएका थिए।  तर ४३ औँ मिनेटमै इराकी डिफेन्सको गल्तीको फाइदा उठाउँदै हालान्डले व्यक्तिगत दोस्रो गोल गरेर इराकलाई २–१ ले पछि पारे।

दोस्रो हाफको ७६ औँ मिनेटमा मैदान प्रवेश गरेका लियो ओस्टिगार्डले उत्कृष्ट हेडर गोल गर्दै नर्वेको अग्रता ३–१ बनाए। अन्तिम समयमा इराकका आयमेन हुसेनबाट आत्मघाती गोल हुँदा नर्वे ४–१ ले विजयी बन्यो। यो जितसँगै नर्वेले ३ अंक जोडेको छ।  नर्वेले अब जुन २६ मा सेनेगलसँग अर्को प्रतिस्पर्धा गर्नेछ।

नर्वेसँग नराम्ररी पराजित बनेको इराकले अब बलियो टोली फ्रान्सको सामना गर्नुपर्नेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय