FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

इसीसी महिला टी–२० विश्वकप क्रिकेटमा श्रीलंकाले उत्कृष्ट ब्याटिङ र उत्कृष्ट साझेदारीको मद्दतले न्युजिल्याण्डमाथि पाँच विकेटको रोमाञ्चक जित दर्ता गरेको छ । न्युजिल्याण्डले दिएको १५१ रनको लक्ष्यलाई पछ्याएको श्रीलंकाले दुई बल बाँकी छँदै ५ विकेट गुमाएर १५३ रन बनाउँदै जित हासिल गर्‍यो । श्रीलंकाको जितमा निलाक्षिका सिल्भाको प्रदर्शन सानदार रह्यो ।

उनले दबाबपूर्ण अवस्थामा अविजित ५४ रनको उत्कृष्ट इनिङ खेलिन् । सुरुवाती खेलमा इंग्ल्याण्डसँग पराजित भएको श्रीलंकाले जितसँगै अंक तालिकामा आफ्नो खाता खोलेको छ र सेमिफाइनलको दौड बलियो बनाएको छ ।

श्रीलंकाको सुरुवात त्यति राम्रो हुन सकेको थिएन । टोलीले ५५ रन जोड्दा ४ महत्वपूर्ण विकेट गुमाइसकेको थियो । प्रतिओभर ९ रनभन्दा बढीको आवश्यकता थियो । पाचौं विकेटका लागि निलाक्षिका सिल्भा र कविसा दिल्हारीबीच ५० रनको महत्वपूर्ण साझेदारी भयो । जसले टोलीको इनिङलाई उकास्यो ।

 

दिल्हारी आउट भएपछि श्रीलंकालाई जितका लागि ३० बलमा ४५ रन आवश्यक थियो । त्यसपछि क्रिजमा आएकी विकेटकिपर ब्याटर कौशिनी नुथ्याङ्गानाले निलाक्षिकालाई बलियो साथ दिइन् । नुथ्याङ्गानाले आक्रामक ब्याटिङ गर्दै मात्र १४ बलमा अविजित २४ रन बनाइन् र निलाक्षिकासँग मिलेर २८ बलमा ४८ रनको अविजित साझेदारी गर्दै टोलीलाई जितको संघारमा पुर्‍याइन् ।

 

यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५० रन बनाएको थियो । न्युजिल्याण्डका लागि सोफी डिभाइन र मेली केरले समान ४५–४५ रनको योगदान दिए पनि श्रीलंकाका स्पिनरहरूको कसिलो बलिङका कारण टोलीले ठूलो स्कोर खडा गर्न सकेन ।

न्युजिल्याण्डको बलिङ र फिल्डिङ दुवै कमजोर रह्यो । खेलको १०औं ओभरमा निलाक्षिका मात्र १ रनमा खेलिरहेकी थिइन्, तब न्युजिल्याण्डकी ब्री इलिङले उनको सजिलो क्याच छोडेकी थिइन्, जुन खेलको मुख्य ट्रनिङ प्वाइन्ट बन्यो । न्युजिल्याण्डका लागि नेन्सी पटेलले २३ रन दिएर २ विकेट लिइन् । लगातार दुई खेल हारिसकेको न्युजिल्याण्डका लागि अब आउँदा खेलहरू गर या मरको स्थितिमा पुगेका छन् भने श्रीलंकाले आइतबार वेस्टइन्डिजको सामना गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय