फिफा विश्वकप २०२६ अन्तर्गत अल्जेरियाविरुद्धको खेलमा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले ले ह्याट्रिक पूरा गरेका छन् । उनले खेलको ७६औँ मिनेटमा गोल गर्दै व्यक्तिगत तेस्रो तथा अर्जेन्टिनाका लागि तेस्रो गोल गरेका हुन् ।
यसअघि मेस्सीले खेलको १७औँ मिनेटमा पहिलो गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । त्यसपछि ६०औँ मिनेटमा दोस्रो गोल थप्दै टोलीको अग्रता दोब्बर बनाएका उनले ७६औँ मिनेटमा फेरि जाली चुमाउँदै ह्याट्रिक पूरा गरे ।
मेस्सीको शानदार प्रदर्शनसँगै अर्जेन्टिना खेलमा ३–० ले बलियो अवस्थामा पुगेको छ । विश्वकप २०२६ को आफ्नो पहिलो खेलमै ह्याट्रिक गर्दै उनले उमेर केवल संख्या मात्र भएको प्रमाणित गरेका छन् ।
लगातार ६ विश्वकप खेल्ने विश्व कीर्तिमान बनाएका मेस्सीले अल्जेरियाविरुद्ध तीन गोल गर्दै आफ्नो विश्वकप गोल संख्या १६ पुर्याएका छन् । कप्तान मेस्सीको उत्कृष्ट प्रदर्शनका कारण अर्जेन्टिना विश्वकप अभियानको सुरुआतमै प्रभावशाली जिततर्फ अग्रसर देखिएको छ ।






