FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

इङ्ग्ल्यान्डले विश्वकप अभियानको सुरुआत रोमाञ्चक जितसँग गरेको छ । डलासमा भएको खेलमा इङ्ग्ल्यान्डले क्रोएसियालाई ४–२ ले पराजित गर्दै समूह एलमा महत्वपूर्ण तीन अंक जोडेको हो ।

मुख्य प्रशिक्षक थोमस टुचेलको टोलीले आक्रमणमा उत्कृष्ट प्रदर्शन गरे पनि रक्षापङ्क्तिमा केही कमजोरी देखायो । त्यसका बाबजुद इङ्ग्ल्यान्डले आफ्नो आक्रमण शक्ति प्रयोग गर्दै जित निकाल्न सफल भयो ।

खेलको १२औँ मिनेटमा ह्यारी केनले पेनाल्टीमार्फत गोल गर्दै इङ्ग्ल्यान्डलाई अग्रता दिलाएका थिए । लुका मोड्रिचले नोनी माडुकेमाथि फल गरेपछि इङ्ग्ल्यान्डले पेनाल्टी पाएको थियो । क्रोएसियाका गोलरक्षक डोमिनिक लिभाकोभिचले पहिलो प्रहार रोके पनि गोललाइन छाडेर अघि बढेको भन्दै पुनः पेनाल्टी दिइएको थियो, जसमा केनले गल्ती गरेनन् ।

क्रोएसियाले ३६औँ मिनेटमा खेल बराबरीमा ल्यायो । मार्टिन बातुरिनाले शक्तिशाली प्रहार गर्दै गोल गरे । इङ्ग्ल्यान्डका गोलरक्षक जोर्डन पिकफोर्डले बलमा हात लगाए पनि त्यसलाई रोक्न सकेनन् ।

पहिलो हाफ सकिन तीन मिनेट बाँकी रहँदा डेक्लान राइसको कर्नरमा ह्यारी केनले हेडमार्फत दोस्रो गोल गर्दै इङ्ग्ल्यान्डलाई पुनः अग्रता दिलाए । योसँगै उनले विश्वकपमा १० गोल पुर्‍याउँदै ग्यारी लाइनकरको कीर्तिमान बराबरी गरेका छन् । साथै, यो इङ्ग्ल्यान्डका लागि उनको ११५ खेलमा ८१औँ गोल पनि बन्यो ।

तर इङ्ग्ल्यान्डको रक्षापङ्क्ति फेरि कमजोर देखियो। पहिलो हाफको अतिरिक्त समयअघि नै इभान पेरिसिचको हेडर पासलाई पेटार मुसाले गोलमा परिणत गर्दै क्रोएसियालाई २-२ को बराबरीमा ल्याए । दोस्रो हाफ सुरु भएको केहीबेरमै जुड बेलिङ्घमले उत्कृष्ट व्यक्तिगत प्रदर्शन गर्दै गोल गरे । शक्तिशाली दौडपछि उनले सुन्दर फिनिसिङ गर्दै इङ्ग्ल्यान्डलाई ३-२ को अग्रता दिलाए । खेलको अन्त्यतिर वैकल्पिक खेलाडी मार्कस रासफोर्डले संयमित फिनिसिङमार्फत चौथो गोल गर्दै इङ्ग्ल्यान्डको जित सुनिश्चित गरेका थिए । यस जितसँगै इङ्ग्ल्यान्डले समूह एलमा सकारात्मक सुरुआत गरेको छ भने पहिलो खेलमा हार बेहोरेर क्रोसिया दबाबमा आएको छ ।

अब इङ्ग्ल्यान्डले अर्को खेल जुन २४ मा घानाविरुद्ध खेल्ने छ भने जुन २८ मा पनामाविरुद्ध खेल्ने छ । त्यस्तै क्रोसियाले जुन २४ मा पनामासँग र जुन २८ मा घानासँग खेल्ने तालिका छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय