FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सरकारले कुनै पनि विद्यार्थीलाई शिक्षाको अधिकारबाट वञ्चित हुन नदिने बताएका छन्।

प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री पोखरेलले यस्तो बताएका हुन्।

संसदमा न्यून विद्यार्थी संख्या भएका विद्यालयहरू गाभ्न सुझाव आएको उल्लेख गर्दै उनले विद्यार्थी संख्या कम भएकै आधारमा विद्यालय गाभ्ने निर्णय नगरिने स्पष्ट पारे। विद्यालय व्यवस्थापनका विषयमा निर्णय गर्दा विद्यार्थीहरूको शैक्षिक अधिकार र शिक्षामा पहुँचलाई प्राथमिकता दिइने उनको भनाइ थियो।

संविधानले प्रत्येक नागरिकलाई शिक्षा प्राप्त गर्ने मौलिक हक सुनिश्चित गरेको उल्लेख गर्दै मन्त्री पोखरेलले सरकारले सबै बालबालिकाको शिक्षामा पहुँच विस्तार, गुणस्तरीय शिक्षा प्रदान तथा समावेशी शैक्षिक वातावरण निर्माणलाई उच्च प्राथमिकतामा राखेको बताए।

उनले आर्थिक, सामाजिक वा भौगोलिक कारणले कुनै पनि बालबालिका शिक्षाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यका साथ सरकार प्रतिबद्ध रहेको समेत बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय