FLASH NEWS
सुनचाँदी मूल्यमा वृद्धि, कतिमा हुदैछ कारोबार ? । वीरगञ्जको क्यासिनोमा नेपालीलाई जुवा खेलाउने र खेल्ने १२ जना पक्राउ । गोलबजारमा ठक्कर दिएर फरार स्कार्पियो चालक पक्राउ, दुर्घटनामा एक जनाको मृत्यु” । अर्जुनचौपारीमा नेपालमै पहिलो धार्मिक होमस्टे सञ्चालनमा, भक्तजनहरुलाई सहज हुने । २४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ८८४ जनालाई कारबाही । चीन भ्रमण सकेर रास्वपा प्रतिनिधिमण्डल स्वदेश फर्कियो । मौलिक खानाको प्रबर्द्धन गर्न बुटवलमा आजदेखि खाना महोत्सव । यस्तो छ, शुक्रबार विदेशी मुद्राको विनिमयदर । आजको मौसम : देशभर मौसम मुख्यतया सफा रहने, हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना । अमेरिकन डलर साटिदिने प्रलोभनमा पारी ठगी गर्ने व्यक्ति पक्राउ । त्रिभुवन आदर्श बहुमुखी क्याम्पसमा आर्थिक अनियमितता । ओरालो लाग्यो नेप्से, १०.८९ अंकले घटेर २६३६.७५ विन्दुमा कायम ।

फिफा विश्वकप २०२६ लाई लिएर विश्वभर उत्साह र चासो बढिरहेका बेला नेपालका राजनीतिक नेतृत्व तथा जनप्रतिनिधिहरूले पनि फुटबलप्रतिको आफ्नो रुचि, समर्थन र मनपर्ने खेलाडीबारे रोचक धारणाहरू व्यक्त गरेका छन्। बिहीबार संसद् भवन बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै र सामाजिक सञ्जालमार्फत नेताहरूले आ-आफ्नो फेभरेट टोली खुलाएका हुन्।

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफू पोर्चुगिज स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको फ्यान रहेको बताए। विश्वकपको प्रतिस्पर्धालाई लिएर आफ्नो धारणा राख्दै उनले खेलमा जसको जित भए पनि स्वीकार्य हुने उल्लेख गरे।

उनले भने: ‘जसले जिते पनि हुन्छ, जित्नेलाई समर्थन गर्ने हो। तर मलाई रोनाल्डो मन पर्छ, त्यसैले म रोनाल्डोलाई बढी समर्थन गर्छु।’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले आफूलाई फुटबलबारे धेरै प्राविधिक ज्ञान नभएको स्पष्ट रूपमा स्वीकार गरे। खेलकुदप्रति आफ्नो दृष्टिकोण सकारात्मक रहे पनि आफ्नो सम्पूर्ण ध्यान र चासो राजनीतिमै केन्द्रित रहेको उनले बताए।

उनले भने: ‘फुटबलको सन्दर्भमा म सबैको पक्षमा छु। धेरै ज्ञान त छैन, थाहा नभएको विषयमा धेरै बोल्नु पनि हुँदैन। केही खेलाडीहरूको नाम सुनेको छु। तर फुटबलको ज्ञानभन्दा राजनीतिको ज्ञानमा बढी चासो हुने भएकाले अहिलेको सबैभन्दा सुपरस्टार खेलाडी त रवि लामिछाने नै हुन्।’

नेकपा (एमाले) का नेता ऐन महरले आफू विगत झन्डै तीन दशकदेखि फुटबलको प्रवल प्रेमी रहेको बताए। अघिल्ला विश्वकपहरुका खेलहरू पनि नछुटाई हेर्ने गरेको स्मरण गर्दै उनले यस पटकका सबै टोलीहरूलाई सफलताको शुभकामना दिए।

उनले भने: ‘मेरो समर्थन सधैँ ब्राजिललाई नै रहन्छ। मेस्सी, रोनाल्डो र नेयमारजस्ता खेलाडीहरू आफ्नो समयका उत्कृष्ट खेलाडी हुन्। उहाँहरूले फुटबलमा ठूलो योगदान पुर्‍याउनुभएको छ। अहिले भने लामिन यमालले पनि उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। यी सबै खेलाडीप्रति मेरो उच्च सम्मान छ।’

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता कमल थापाले पनि यस पटकको विश्वकपमा आफ्नो समर्थन पोर्चुगल र रोनाल्डोलाई नै रहेको घोषणा गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट राख्दै उनले विश्वकप हेर्ने आफ्नो तयारी पूरा भएको जनाए।

उनले फेसबुकमा लेखेका छन्: ‘म त तयार भएँ। यसपालिको मेरो फेभरेट टिम पोर्चुगल रोनाल्डो।’

विश्वकपलाई लिएर सर्वसाधारणदेखि देशको शीर्ष राजनीतिक नेतृत्वसम्म देखिएको यो क्रेजले नेपालमा फुटबलको लोकप्रियता कति गहिरो छ भन्ने पुनः पुष्टि गर्दछ । विश्वकपको उद्घाटन खेलमा मेक्सिको विजयी भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय