FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना आजदेखि अनिश्चितकालका लागि बन्द भएको छ ।

चिडियाखाना परिसरभित्र रहेका जीवजन्तुहरूमा बर्डफ्लुको सङ्क्रमण पुष्टि भएपछि अर्को सूचना प्रकाशित नभएसम्मका लागि पूर्ण रूपमा बन्द गरिएको चिडियाखाना प्रमुख सत्यनारायण साहले रातोपाटीलाई जानकारी दिए ।

राष्ट्रिय प्रकृति संरक्षण कोष अन्तर्गत रहेको चिडियाखाना प्रशासनले चिडियाखाना बन्द गर्न सार्वजनिक सूचना समेत जारी गरेको छ ।

‘चिडियाखानाभित्र रहेका पशुपन्छीहरूमा सङ्क्रमण थप फैलन नदिन र मानिसहरूमा हुन सक्ने सम्भावित जोखिम न्यूनीकरण गर्नका लागि तत्कालका लागि अवलोकनलाई पूर्ण रुपमा बन्द गरिएको हो,’ साहले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय