FLASH NEWS
सुनचाँदी मूल्यमा वृद्धि, कतिमा हुदैछ कारोबार ? । वीरगञ्जको क्यासिनोमा नेपालीलाई जुवा खेलाउने र खेल्ने १२ जना पक्राउ । गोलबजारमा ठक्कर दिएर फरार स्कार्पियो चालक पक्राउ, दुर्घटनामा एक जनाको मृत्यु” । अर्जुनचौपारीमा नेपालमै पहिलो धार्मिक होमस्टे सञ्चालनमा, भक्तजनहरुलाई सहज हुने । २४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ८८४ जनालाई कारबाही । चीन भ्रमण सकेर रास्वपा प्रतिनिधिमण्डल स्वदेश फर्कियो । मौलिक खानाको प्रबर्द्धन गर्न बुटवलमा आजदेखि खाना महोत्सव । यस्तो छ, शुक्रबार विदेशी मुद्राको विनिमयदर । आजको मौसम : देशभर मौसम मुख्यतया सफा रहने, हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना । अमेरिकन डलर साटिदिने प्रलोभनमा पारी ठगी गर्ने व्यक्ति पक्राउ । त्रिभुवन आदर्श बहुमुखी क्याम्पसमा आर्थिक अनियमितता । ओरालो लाग्यो नेप्से, १०.८९ अंकले घटेर २६३६.७५ विन्दुमा कायम ।

ललितपुरको जावलाखेलमा रातो मच्छिन्द्रनाथको भोटो देखाइएको छ । राष्ट्र प्रमुखको उपस्थितिमा गुठी संस्थानका पदाधिकारीले बेलुका भोटो देखाएसँगै नेपालको सबैभन्दा लामो सांस्कृतिक–धार्मिक पर्व औपचारिक रूपमा सम्पन्न भएको छ ।

मच्छिन्द्रनाथको रथ जावलाखेल पुर्‍याइएको चौंथो दिन आज राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा भोटो देखाएर जात्रा मनाइएको हो । भोटो अवलोकन गर्न राष्ट्रपति पौडेलसँगै प्रधानमन्त्री बालेन शाह लगायतका उच्च पदस्थ व्यक्तिहरू पुगेका थिए ।

मणिमणिक्य जडित भोटो अवलोकन गर्न बेलुकीसम्म जावलाखेलमा सर्वसाधारणको बाक्लो भीड लागेको छ ।  वैशाख शुक्ल प्रतिपदादेखि शुरु भएको रथयात्रामा रातो मच्छिन्द्रनाथको मूर्तिलाई ३२ हात अग्लो रथमा राखी पुल्चोक, मङ्गलबजार, सुन्धारा, लगनखेल, कुमारीपाटी हुँदै जावलाखेलसम्म परिक्रमा गराइएको थियो ।

रथ जावलाखेल पुगेको चौथो दिन भोटो प्रदर्शन गर्ने प्रचलन छ । जात्रा सकिएसँगै रातो मच्छिन्द्रनाथलाई खटमा राखी बुंगमती लगिनेछ भने मिननाथलाई रथमै राखेर पाटनको टंगल टोलस्थित मन्दिरमा लगिनेछ ।

यस अवसरमा उपत्यकाभरबाट आएकाहरू जावलाखेलमा भोज खाने प्रचलन छ । तर जावलाखेल चिडियाखानामा रहेका केही जनावरमा बर्डफ्लू संक्रमण पुष्टि भएपछि चिडियाखाना हिजोदेखि अनिश्चितकालका लागि बन्द गरिएकाले यसपालि भोज खेलमैदानमा मात्रै खानुपर्ने बाध्यता छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय