FLASH NEWS
सुनचाँदी मूल्यमा वृद्धि, कतिमा हुदैछ कारोबार ? । वीरगञ्जको क्यासिनोमा नेपालीलाई जुवा खेलाउने र खेल्ने १२ जना पक्राउ । गोलबजारमा ठक्कर दिएर फरार स्कार्पियो चालक पक्राउ, दुर्घटनामा एक जनाको मृत्यु” । अर्जुनचौपारीमा नेपालमै पहिलो धार्मिक होमस्टे सञ्चालनमा, भक्तजनहरुलाई सहज हुने । २४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ८८४ जनालाई कारबाही । चीन भ्रमण सकेर रास्वपा प्रतिनिधिमण्डल स्वदेश फर्कियो । मौलिक खानाको प्रबर्द्धन गर्न बुटवलमा आजदेखि खाना महोत्सव । यस्तो छ, शुक्रबार विदेशी मुद्राको विनिमयदर । आजको मौसम : देशभर मौसम मुख्यतया सफा रहने, हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना । अमेरिकन डलर साटिदिने प्रलोभनमा पारी ठगी गर्ने व्यक्ति पक्राउ । त्रिभुवन आदर्श बहुमुखी क्याम्पसमा आर्थिक अनियमितता । ओरालो लाग्यो नेप्से, १०.८९ अंकले घटेर २६३६.७५ विन्दुमा कायम ।

गृहमन्त्री सुधन गुरुङविरुद्ध राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दर्ता गरिएको छ । मानव अधिकार उल्लंघनको आरोपमा उजुरी दर्ता गरिएको हो ।

सोमबार गुरुङविरुद्ध संयुक्त रूपमा उजुरी दर्ता गराइएको छ । हिरासत कक्षभित्र मानसिक दबाब, ज्यान मार्ने धम्की एवं गम्भीर मानव अधिकार हनन गरिएको भन्दै यथाशीघ्र स्थलगत अनुगमन तथा छानबिनको माग राखेर अजय सोडारी, प्रकाश बम र सुजन पौडेलले आयोग केन्द्रीय कार्यालय पुगेर उजुरी दर्ता गराएका हुन् । घटनाको सत्यतथ्य जाँचबुझ गर्न उजुरीमा माग गरिएको छ ।

गएको जेठ १९ गते गुरुङको टोली सोह्रखुट्टे प्रहरी वृत्तको हिरासतमा पुगेर आफूहरूलाई यस्तो धम्की दिएको उजुरीकर्ताको जिकिर छ । उनीहरूले परिसरको सम्पूर्ण सीसीटीभी फुटेज, आगन्तुक अभिलेख र डिउटी रजिस्टर नियन्त्रणमा लिएर छानबिन अगाडि बढाउन आयोगसँग माग गरेका छन् ।

गुरुङ तथा उनीसँगै हिरासतमा पुगेको टोलीमाथि फौजदारी कसुर र मानव अधिकार उल्लंघनको मुद्दा चलाउन पनि उजुरीकर्ताले माग गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय