FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

नेपालको राजनीतिमा नयाँ समीकरणले आकार लिन थालेको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा (नेपाली कम्युनिस्ट पार्टी)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सोमबार ललितपुरमा भेटवार्ता भएको छ। यो भेट करिब तीन घण्टाभन्दा बढी लामो रहेको नेकपा स्रोतले जनाएको छ। ओली आफ्नो गुण्डुस्थित निवासबाट बाहिर निस्केर ललितपुर पुगेर यो भेटघाट भएको हो।

भेटमा दुई नेताबीच पार्टी एकतासम्मका विषयमा समेत छलफल भएको स्रोतले बताएको छ। प्रदेश सरकारमा गठबन्धन गर्ने विषयदेखि स्थानीय तह र प्रदेश सभाको आगामी निर्वाचनसम्म सहमति गरेर अगाडि बढ्ने कुरामा उनीहरूबीच सहमति भएको छ। नेकपाको उच्च स्रोतका अनुसार, यो भेटले वाम गठबन्धन बनाउने विषयमा दुवै पक्ष लगभग नजिक पुगेका छन्।

यो नजिकिने प्रक्रिया कांग्रेस र एमालेको केन्द्रीय गठबन्धन टुटेपछि सुरु भएको हो। नेकपा संयोजक प्रचण्ड श्रीलंका भ्रमणबाट फर्किएपछि यसमा थप तीव्रता आएको बताइन्छ। भेटअघि प्रचण्डले नेकपाका सहसंयोजक माधव कुमार नेपालसँग पनि लामो समय छलफल गरेका थिए।

यसैबीच प्रचण्डले प्रदेश सरकार गठनमा तीनवटै प्रमुख दल (कांग्रेस, एमाले र नेकपा) मिलेर सर्वदलीय सरकार बनाउनुपर्ने प्रस्ताव समेत ओलीसमक्ष राखेका छन्, संविधान र वर्तमान व्यवस्था जोगाउनका लागि यो आवश्यक रहेको उनको तर्क छ। यता कांग्रेस र एमालेबीचको प्रदेशस्तरीय गठबन्धन कमजोर बन्दै गएपछि दुवै दलले नेकपाको समर्थन खोजिरहेका छन्, तर नेकपाले भने हतारो नगरी राजनीतिक अवस्थाको मूल्याङ्कन गर्दै मात्र अघि बढ्ने रणनीति लिएको देखिन्छ।

राजनीतिक विश्लेषकहरूका अनुसार यदि एमाले-नेकपा सहकार्य औपचारिक रूपमा टुंगिन गयो भने केन्द्रदेखि प्रदेशसम्मको सत्ता समीकरण फेरि बदलिने सम्भावना छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय