FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

धनगढी– स्वास्थ्य क्षेत्र सुधारको माग राखेर सत्याग्रह थालेका डा. गोविन्द केसीलाई अनशन स्थल छाड्न चेतावनी दिइएको छ । केसी बिहीबारदेखि कैलालीको धनगढीस्थित कृष्ण मन्दिरमा सत्याग्रह बसेका छन् ।

कृष्ण मन्दिर व्यवस्थापन समितिले लिखित पत्र बुझाउँदै केसीलाई उक्त स्थान छाड्न भनेको हो । पत्रमा धर्मशाला व्यवस्थापन समिति अध्यक्ष मुक्तिनाथ पन्तले हस्ताक्षर गरेका छन् । धार्मिक संस्थामा राजनीतिक उद्देश्यका लागि अनसन बस्न नमिल्ने पन्तले बताएका छन् । सुरुमा बास मागेर बसेका केसीले धर्मशालालाई अनसन स्थल बनाएपछि विरोध भएको पत्नले बताए ।

यसैबीच डा. केसीले उक्त स्थान छाड्ने तयारी गरेका छन् । धर्मशाला व्यवस्थापनले पत्र दिएएकाले केसी अन्यत्र सर्ने विकल्पबारे छलफल भइरहेको उनको अभियानमा संलग्न डा. अमृत जैशीले जानकारी दिए ।

केसी पक्षले पनि पूर्वअनुमति लिएर धर्मशालामा अनसन बसेको भए पनि कसैको दबाबमा हटाउन खोजिएको दाबी गरेको छ । ‘पहिला धर्मशाला व्यववस्थापनलाई भनेरै उहाँले सत्याग्रह थाल्नुभएको हो’, जैशीले भने, ‘सायद माथिबाट दबाब आएपछि जानुस् भनेको जस्तो लाग्छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय