FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार अगाडि धर्नामा बसेको आरोपमा प्रहरीले महिला अधिकारकमी बिनु यादव र निहारिका राजपुतविरुद्ध मुद्दा दर्ता गराएको छ ।

बिहीबार प्रधानमन्त्री निवासको गेटबाहिर धर्नामा बसेका उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । दुवै जनाविरुद्ध सार्वजनिक शान्ति विरुद्धको कसुरमा अनुसन्धान अघि बढाइएको काठमाण्डु प्रहरी परिसरका एसपी पवन भट्टराईले जानकारी दिए ।

निषेधित क्षेत्रमा प्रदर्शन र हुलहुज्जत गरेकाले उक्त कारबाही गर्न लागिएको दाबी भट्टराईको छ । अदालतबाट पाँच दिन म्याद पथ गराएर अनुसन्धान अघि बढाइएको प्रहरीको भनाइ छ । बिनु र निहारिकालाई प्रहरी वृत्त मालिगाउँको हिरासतमा राखिएको छ ।

गृहमन्त्री सुधन गुरुङसँग भेट्न पाउनुपर्ने माग राखेर गत साता सिंहदरबार गेटमा धर्ना बस्न गएका उनीहरुमाथि प्रहरीले लछारपछार गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

बिनु आफूमाथि भएको बलात्कार घटनाका दोषीमाथि कारबाही नभएको भन्दै आन्दोलन गर्दै आएकी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय