FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

काठमाडौं । २४औँ सत्याग्रहमा रहेका प्राध्यापक डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ। धनगढीस्थित कृष्ण मन्दिर धर्मशालामा अनशनरत केसीलाई तत्काल अस्पतालको आईसीयूमा भर्ना गरी उपचार गर्न चिकित्सकले सुझाव दिएका छन्। उता, उनको अनशन फिर्ता गराउनुपर्ने माग गर्दै शनिबार मन्दिर परिसरबाहिर प्रदर्शनसमेत गरिएको छ।

शनिबार बिहान सेती प्रादेशिक अस्पतालका चिकित्सक डा. गजेन्द्र दुवालले गरेको स्वास्थ्य परीक्षणमा डा. केसीको रक्तचाप ११०/९० र रक्तमा सुगरको मात्रा ५० रहेको पाइएको छ। चिकित्सकका अनुसार रगतमा सुगरको मात्रा अत्यन्त न्यून भएकाले उनको स्वास्थ्य अवस्था थप जटिल बन्दै गएको हो।

चिकित्सकले तत्काल सेती प्रादेशिक अस्पतालको आईसीयूमा भर्ना भएर उपचार गर्न सिफारिस गरे पनि डा. केसीले उक्त सुझावबारे आफूले विचार गर्ने प्रतिक्रिया दिएका छन्।

डा. केसी बिहीबारदेखि धनगढीस्थित कृष्ण मन्दिर धर्मशालाको २११ नम्बर कोठामा पाँच बुँदे माग राख्दै २४औँ सत्याग्रहमा बसेका छन्।

उनका सहयोगी अमृत जैशीका अनुसार स्वास्थ्य अवस्था बिग्रँदै जाँदा मांसपेशी बाउडिने, बोल्नसमेत कठिन हुने, हिँडडुल गर्न असहज हुने र बाथरुम जानसमेत समस्या भइरहेको छ। यसअघि खुट्टाको शल्यक्रिया गरिएकाले हिँडडुलमा थप कठिनाइ भएको उनले बताए।

यसैबीच, शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले डा. केसीका माग सम्बोधन गर्न प्रतिबद्ध रहेको बताएका छन्। शुक्रबार साँझ मन्त्री पोखरेलले डा. केसीका सहयोगी अमृत जैशीसँग छलफल गरेका थिए भने राति करिब ११ बजे डा. केसीसँग पनि टेलिफोन संवाद गरेका थिए।

संवादका क्रममा डा. केसीले पाँच बुँदे मागसँगै सहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा तत्काल ३०० शैयाको अस्पताल सञ्चालन गर्नुपर्ने, चिकित्सा शिक्षाको अध्ययन सुरु गर्नुपर्ने तथा स्वार्थप्रेरित ढंगले गरिएको उपकुलपति र रजिष्ट्रारको नियुक्ति खारेज गर्नुपर्ने आफ्नो बटमलाइन रहेको बताएका थिए।

मन्त्री पोखरेलले ती माग सम्बोधनका लागि वार्ता टोली गठन गर्ने र सम्भव भए आफू स्वयं धनगढी पुगेर छलफल गर्ने प्रतिबद्धता व्यक्त गरेको डा. केसीका सहयोगी जैशीले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय