FLASH NEWS
विवाहपञ्चमीको निम्तो लिएर ‘भार’सहितको टोली सरयु कमला एक्सप्रेसबाट अयोध्या प्रस्थान । रास्वपाले झोला त्यागेर फाइल र डायरी प्रयोग गर्छ : सभापति लामिछाने । कांग्रेसको नाम, झण्डा र रूख चुनाव चिह्न प्रयोग गर्न कसैले रोक्न सक्दैन : डा.महत । नवौँ मेजर एन.बी. रुङमाहाङ अन्तरराष्ट्रिय आमन्त्रण रनिङ गोल्डकप फुटबल पुस ४ देखि । प्रधानमन्त्री शाहले दशौँ राष्ट्रिय खेलकुद उद्घाटन गर्ने, कर्णालीमा थप पूर्वाधार बनाइने । पूर्व प्रहरीको अनुभव र ऊर्जालाई देश निर्माणमा लगाउनुपर्छ :अध्यक्ष लिङ्देन । १२ वर्षपछि भिक्टोरियाको सत्ता गठबन्धनको हातमा, जेस विल्सन प्रिमियर बन्ने । सर्लाहीमा सांसद अमरेश सिंहलाई कालो झण्डा, विरोध प्रदर्शन गर्ने चार जना पक्राउ । यस्तो छ, शनिबार विदेशी मुद्राको विनिमयदर । २४ घण्टामा ट्राफिकले गर्यो ८७५ जनालाई कारबाही । नारायणगढ-मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द हुने । आजको मौसम : तराईका केही स्थानमा हुस्सु तथा तुवाँलो लाग्ने ।

धनगढीमा अनशनरत प्रा.डा. गोविन्द केसीसँग सरकारका प्रतिनिधिले आज आइतबार औपचारिक संवाद गर्ने भएका छन्।

शनिबार शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुणामणि पौडेलले डा. केसीसँग सहमतिका लागि अनौपचारिक संवाद भएको बताए। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँगको समन्वयमा वार्ता तथा संवादमार्फत समाधान खोज्ने उद्देश्यले पौडेल शनिबार दिउँसो धनगढी पुगेका थिए।

सचिव पौडेलले शनिबार साँझ डा. केसीसँग भेटवाट गरेका छन्। डा. केसी उपचाररत सेती प्रादेशिक अस्पताल पुगेर कुराकानी गरेका हुन्। त्यस क्रममा डा. केसी र त्यसपछि उनका सहयोगीसँग अनौपचारिक संवाद गरी धारणा बुझिएको पौडेलले बताए। आइतबार केसीले उठाएका मागबारे औपचारिक संवाद हुने सचिव पौडेलले जानकारी दिए।

‘आज डा। केसी र उहाँका सहयोगीसँग संवाद भएको छ। उहाँको धारणा र स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छौँ,’ पौडेलले भने, ‘आइतबार प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा. जेपी अग्रवाल र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव यहाँ आएपछि औपचारिक संवाद गरी सहमतिको प्रयास हुनेछ।’ सरकारले संवाद र सहमतिका माध्यमबाट डा. केसीले उठाएका विषयको यथाशीघ्र सम्मानजनक तथा सहमतिपूर्ण समाधान खोज्ने उनको भनाइ छ।

डा. केसी विभिन्न पाँच बुँदे माग राखी तीन दिनदेखि सत्याग्रहमा छन्। उनको स्वास्थ्यमा समस्या आएपछि धनगढीको कृष्ण मन्दिर धर्मशालाबाट सेती प्रादेशिक अस्पतालको आईसीयूमा सारिएको छ।

कैलालीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले डा। केसीसँग आज सचिव पौडेलसहित सामान्य संवाद तथा स्वास्थ्य अवस्थाबारे जानकारी लिइएको बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय