भारतले नेपालका प्रधानमन्त्री बालेन शाहलाई भारत भ्रमणका लागि औपचारिक निम्तो दिएको पुष्टि गरेको छ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले मंगलबार नयाँ दिल्लीमा आयोजित मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा प्रधानमन्त्री शाहलाई भारत भ्रमणको औपचारिक निम्तो दिइसकिएको जानकारी दिएका हुन्।
प्रेस ब्रिफिङका क्रममा पत्रकारहरूले सोधेको प्रश्नको जवाफ दिँदै प्रवक्ता जयसवालले प्रधानमन्त्री शाहलाई भारत भ्रमणका लागि औपचारिक निमन्त्रणा पठाइएको बताएका हुन्। यद्यपि भ्रमणको मिति, एजेन्डा वा अन्य जानकारी भने दिइएकाे छैन ।
भारतको तर्फबाट आएको यो औपचारिक निमन्त्रणालाई नेपाल–भारतबीच उच्चस्तरीय राजनीतिक संवाद र द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने प्रयासका रूपमा हेरिएको छ।








