FLASH NEWS
विवाहपञ्चमीको निम्तो लिएर ‘भार’सहितको टोली सरयु कमला एक्सप्रेसबाट अयोध्या प्रस्थान । रास्वपाले झोला त्यागेर फाइल र डायरी प्रयोग गर्छ : सभापति लामिछाने । कांग्रेसको नाम, झण्डा र रूख चुनाव चिह्न प्रयोग गर्न कसैले रोक्न सक्दैन : डा.महत । नवौँ मेजर एन.बी. रुङमाहाङ अन्तरराष्ट्रिय आमन्त्रण रनिङ गोल्डकप फुटबल पुस ४ देखि । प्रधानमन्त्री शाहले दशौँ राष्ट्रिय खेलकुद उद्घाटन गर्ने, कर्णालीमा थप पूर्वाधार बनाइने । पूर्व प्रहरीको अनुभव र ऊर्जालाई देश निर्माणमा लगाउनुपर्छ :अध्यक्ष लिङ्देन । १२ वर्षपछि भिक्टोरियाको सत्ता गठबन्धनको हातमा, जेस विल्सन प्रिमियर बन्ने । सर्लाहीमा सांसद अमरेश सिंहलाई कालो झण्डा, विरोध प्रदर्शन गर्ने चार जना पक्राउ । यस्तो छ, शनिबार विदेशी मुद्राको विनिमयदर । २४ घण्टामा ट्राफिकले गर्यो ८७५ जनालाई कारबाही । नारायणगढ-मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द हुने । आजको मौसम : तराईका केही स्थानमा हुस्सु तथा तुवाँलो लाग्ने ।

नेपाली कांग्रेसले वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनप्रति दुःख व्यक्त गर्दै तीन दिनसम्म पार्टीगत शोक मनाउने निर्णय गरेको छ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले श्रेष्ठको निधनप्रति शोक प्रस्ताव पारित गर्दै श्रद्धाञ्जली व्यक्त गरेको हो। ७९ वर्षीय श्रेष्ठको मंगलबार ललितपुरको जावलाखेलस्थित हेलिअस अस्पतालमा उपचारका क्रममा निधन भएको थियो।

कांग्रेसले जारी गरेको शोक प्रस्तावमा श्रेष्ठलाई लोकतन्त्र स्थापना, पुनःस्थापना र सुदृढीकरणका आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अग्रज नेताका रूपमा स्मरण गरेको छ। विद्यार्थी जीवनदेखि नै कांग्रेस राजनीतिमा सक्रिय रहेका श्रेष्ठले पार्टीका विभिन्न जिम्मेवारी सम्हाल्नुका साथै करिब ६ वर्ष जेल जीवन बिताएका थिए।

श्रेष्ठ २०४८, २०५६ र २०६४ सालमा स्याङ्जाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए भने २०७० सालको संविधानसभा निर्वाचनमा समानुपातिक प्रणालीमार्फत संविधानसभा सदस्य बनेका थिए।

उनले नेपाल सरकारमा उपप्रधानमन्त्रीसहित भौतिक योजना तथा निर्माण, वन तथा वातावरण, वाणिज्य तथा शिक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए। उनी नेपाली कांग्रेस संसदीय दलका पूर्वप्रमुख सचेतकसमेत थिए।

कांग्रेसले श्रेष्ठको निधनले पार्टीले एक अनुभवी, समर्पित र अग्रज राजनीतिज्ञ गुमाएको उल्लेख गर्दै संगठन निर्माण, लोकतन्त्रप्रतिको प्रतिबद्धता र सार्वजनिक जीवनमा उनले पुर्‍याएको योगदान सधैँ स्मरणीय रहने जनाएको छ।

शोक कार्यक्रमअन्तर्गत कांग्रेसले साउन १३, १४ र १५ गतेसम्म पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय तथा जिल्ला कार्यालयहरूमा झण्डा आधा झुकाउने निर्णय गरेको छ। साथै, साउन १४ गते केन्द्र, प्रदेश र जिल्ला तहका सबै पार्टी कार्यालय बन्द गर्ने निर्णय गरिएको छ।

श्रेष्ठको सम्मानमा स्वर्गारोहणको १३ दिनसम्म पार्टी कार्यालयहरूमा शोक पुस्तिका राखिने र १३औँ दिनमा उनको गृह जिल्ला स्याङ्जाको कालिगण्डकी राम्दीघाटमा अस्तु विसर्जन गरी शोकसभा आयोजना गरिने कांग्रेसले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय