FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विभिन्न विधेयकलाई संसद्मा पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ।

मन्त्रिपरिषद्को बैठकका निर्णयबारे सञ्चारकर्मीलाई जानकारी दिँदै सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिक सेवाको सर्त र सुविधासम्बन्धी ऐन, २०५३ लाई संशोधन गर्न बनेको विधेयकलाई स्वीकृति दिएको बताए।

त्यस्तै, संक्रामक रोग तथा पशु ऐनसम्बन्धी विधेयक, राहदानी ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक, मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण पहिलो संशोधन विधेयकलाई पनि संसद्मा पेश गर्न मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ।

यससँगै बालश्रम निषेध तथा नियन्त्रण सम्बन्धी विधेयक,आन्तरिक वायुसेवाको दायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, मेलमिलाप सम्बन्धी ऐन २०६८ लाई संशोधन गर्न बनेको विधेयक र कर्मचारी सञ्चय कोष ऐनसम्बन्धी विधेयकलाई पनि संसद्मा पेश गर्न स्वीकृति दिने निर्णय भएको प्रवक्ता पोखरेलले जानकारी दिए।

सुनसरी घटनाबारे मन्त्रिपरिषद्ले केही निर्णय गरेको छ कि भनेर सञ्चारकर्मीले सोधेको प्रश्नमा सरकारका प्रवक्ता पोखरेलले कुनै उत्तर दिएन। प्रवक्ता पोखरेलले निर्णय सुनाएपछि थप प्रश्न लिएनन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय