FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

रौतहटको गढीमाई नगरपालिका वडा नं. ७ पर्सास्थित मठ मन्दिर नजिकै जनतासँग गुनासो सुनुवाइ गरिरहेका प्रतिनिधि सभा सदस्य गणेश पौडेलमाथि अपमानजनक र अमानवीय व्यवहार गरेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहट र इलाका प्रहरी कार्यालय गरुडाबाट खटिएको संयुक्त प्रहरी टोलीले घटनामा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको हो ।

साउन १३ गते (बुधबार) राति अन्दाजी ९ बजेको समयमा रास्वपा सांसद पौडेल रौतहट निर्वाचन क्षेत्र नं. ४ का जनताका गुनासाहरू सुनिरहेका थिए । सोही क्रममा केही अपरिचित व्यक्तिहरू उक्त स्थानमा आइपुगेका थिए ।

उनीहरूले ‘मधेस मुक्ति अभियान जिन्दावाद लेखेको पर्चा र मधेस मुक्ति अभियान जिन्दावाद, फिर्ता होऊ नेपाली माननीय मुर्दावाद, नेपाली उपनिवेश अन्त हो, झापा देखि कञ्चनपुर सम्मको मधेस स्वतन्त्र हो’ भनी लेखिएका पर्चाहरू फ्याँकेका थिए । त्यसपछि उनीहरूले प्रतिनिधि सभा सदस्य पौडेलमाथि अपमानजनक तथा अमानवीय व्यवहार गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक बसन्त गौतमका अनुसार घटनामा संलग्न रहेको आरोपमा रौतहट गढीमाई नगरपालिका वडा नं. ०३ घर भई ऐ. वडा नं. ७ धनाडी बस्ने वर्ष २० का शेख ईवरान र गढीमाई नगरपालिका वडा नं. ३ गम्हरिया बस्ने वर्ष १९ का ईर्फान अंसारीलाई पक्राउ गरिएको छ ।

पक्राउ परेका दुवै जनालाई अपमानजनक तथा अमानवीय व्यवहार गर्न नहुने कसुरमा सम्मानित रौतहट जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरी अनुसन्धान कार्य अगाडि बढाइएको उनले जानकारी दिए । साथै, उक्त घटनामा संलग्न भई हाल फरार रहेका अन्य व्यक्तिहरूको समेत तीव्र रूपमा खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय