उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले लैनचौरस्थित उपराष्ट्रपति कार्यालयमा बिहीबार शिष्टाचार भेट गर्नुभएको छ।
भेटका क्रममा मुलुकको विद्यमान शान्ति–सुरक्षाको अवस्था, समसामयिक राजनीतिक विषयवस्तु तथा राष्ट्रिय सभाका पछिल्ला गतिविधिहरूका बारेमा गहन संवाद र छलफल भएको उपराष्ट्रपति कार्यालयले जनाएको छ।






