FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानले सामाजिक सद्भाव कायम राख्ने विषयमा धार्मिक अगुवासँग छलफल गरेका छन्।

लामिछानेले शुक्रबार पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा हिन्दु र मुस्लिम धार्मिक अगुवाहरुसँग छलफल गरेका हुन्।

उनले मौलाना नरुल हुसेन र मौलाना मोहम्मद खालिद र विश्व हिन्दु महासंघका महासचिव रामचन्द्र तिवारी र सचिवालय सदस्य राजुराज फुयालसँग सामूहिक छलफल गरेका उनको सचिवालले जनाएको छ।

उनले धार्मिक अगुवालाई सुनसरी, सिराहा लगायत देशका विभिन्न भागमा प्रदर्शन रोक्न सद्भावको अपिल गर्न आग्रह गरेका छन्।

कोसी र मधेसका केही जिल्लामा बढेको साम्प्रदायिक सद्भाव विरोधी क्रियाकलापको कारण त्यहाँको अवस्था असहज भइरहेको बेला सभापति लामिछानेले सक्रियता बढाएका हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय