FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

१९ साउन, काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (मंगलबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ ।

समितिका अनुसार ठूलो नेपाली गोलभेडा प्रतिकेजी ४० रुपैयाँ, भारतीय ठूलो गोलभेडा ६० रुपैयाँ र सानो टनेल गोलभेडा १९ रुपैयाँमा कारोबार भइरहेको छ । आलु रातो (लाम्चो) ४८ रुपैयाँ, रातो आलु (गोलो) प्रतिकेजी ४८ रुपैयाँ, भारतीय रातो आलु ३५ रुपैयाँ र सेतो आलु ३० रुपैयाँ तोकिएको छ । भारतीय सुकेको प्याज ५४ रुपैयाँ, लोकल गाजर १०० रुपैयाँ र तराई गाजर ७० रुपैयाँमा बिक्री भइरहेको छ ।

यस्तै बन्दा (तराई) ३० रुपैयाँ, स्थानीय काउली ९० रुपैयाँ, रातो मूला २० रुपैयाँ, सेतो मूला (लोकल) १० रुपैयाँ, लाम्चो भन्टा ३० रुपैयाँ, डल्लो भन्टा ४० रुपैयाँ, तने बोडी ६० रुपैयाँ, मकै बोडी ६० रुपैयाँ तथा घिउ सिमी (लोकल र हाइब्रिड) प्रतिकेजी ७० रुपैयाँ रहेको छ ।

त्यसैगरी टाटे सिमी १०० रुपैयाँ, भटमासकोसा ८० रुपैयाँ, तितो करेला ४० रुपैयाँ, लौका ४० रुपैयाँ, परवर (लोकल) ५० रुपैयाँ, घिरौला ३० रुपैयाँ, पाकेको फर्सी ५० रुपैयाँ, हरियो फर्सी ५० रुपैयाँ, भिण्डी ४० रुपैयाँ, सखरखण्ड १०० रुपैयाँ, पिँडालु ९० रुपैयाँ र स्कुस ४० रुपैयाँमा कारोबार भइरहेको छ ।

साग १५० रुपैयाँ, पालुङ्गो साग २५० रुपैयाँ, तोरीको साग १०० रुपैयाँ र हरियो प्याज १५० रुपैयाँ तोकिएको छ । कन्या च्याउ २२० रुपैयाँ, डल्ले च्याउ ३५० रुपैयाँ, राजा च्याउ ३०० रुपैयाँ, सिताके च्याउ ८०० रुपैयाँ, कुरिलो ४०० रुपैयाँ, ब्रोकाउली ११० रुपैयाँ, चुकन्दर ६० रुपैयाँ, सेलरी १८० रुपैयाँ, पास्र्ले ४०० रुपैयाँ, पुदीना ४०० रुपैयाँ र गान्टे मूला १५० रुपैयाँ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय