FLASH NEWS
विवाहपञ्चमीको निम्तो लिएर ‘भार’सहितको टोली सरयु कमला एक्सप्रेसबाट अयोध्या प्रस्थान । रास्वपाले झोला त्यागेर फाइल र डायरी प्रयोग गर्छ : सभापति लामिछाने । कांग्रेसको नाम, झण्डा र रूख चुनाव चिह्न प्रयोग गर्न कसैले रोक्न सक्दैन : डा.महत । नवौँ मेजर एन.बी. रुङमाहाङ अन्तरराष्ट्रिय आमन्त्रण रनिङ गोल्डकप फुटबल पुस ४ देखि । प्रधानमन्त्री शाहले दशौँ राष्ट्रिय खेलकुद उद्घाटन गर्ने, कर्णालीमा थप पूर्वाधार बनाइने । पूर्व प्रहरीको अनुभव र ऊर्जालाई देश निर्माणमा लगाउनुपर्छ :अध्यक्ष लिङ्देन । १२ वर्षपछि भिक्टोरियाको सत्ता गठबन्धनको हातमा, जेस विल्सन प्रिमियर बन्ने । सर्लाहीमा सांसद अमरेश सिंहलाई कालो झण्डा, विरोध प्रदर्शन गर्ने चार जना पक्राउ । यस्तो छ, शनिबार विदेशी मुद्राको विनिमयदर । २४ घण्टामा ट्राफिकले गर्यो ८७५ जनालाई कारबाही । नारायणगढ-मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द हुने । आजको मौसम : तराईका केही स्थानमा हुस्सु तथा तुवाँलो लाग्ने ।

नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लवले नयाँ कम्युनिस्ट केन्द्र बनाउन प्रस्ताव गरेका छन् । बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गरी विप्लवले नयाँ कम्युनिस्ट केन्द्र बनाएर आन्दोलनलाई फराकिलो बनाउनुपर्ने बताएका हुन् ।

‘कम्युनिस्ट आन्दोलनका लागि हाम्रो प्रस्ताव छ । नयाँ कम्युनिस्ट केन्द्र बनाएर जाऊँ । फराकिलो तरिकाले कम्युनिस्ट आन्दोलनलाई पुनर्गठन गर्नुपर्छ । तर नयाँ दृष्टिकोण हुनुपर्छ । दुई दशक कम्युनिस्ट नेताहरूलाई हेर्दा ७० प्रतिशत जनम खुम्चिएको छ । त्यो पनि उत्साहित छैन’, उनले भने ।

संसदीय कम्युनिस्टहरूले दुई तिहाइ नजिकको सरकार बनाउँदा समेत राज्यका निकायहरूलाई व्यवस्थापन गर्न नसकेको उनले आरोप लगाए ।

विप्लवले भने– ‘दुई तिहाइ नजिक मत ल्याएर सरकार चलाएका कम्युनिस्ट पार्टीले संसदीय तरिकाले मात्र सोच्न थाले । सरकारमा पुगेर दुई/तीन वटा प्रधानमन्त्री चलाउँदा पनि सरकारमा जाने र सरकारी निकायलाई उचित व्यवस्थापन गर्न नसक्ने कम्युनिस्ट सायद अब सिद्धियो ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय