FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

 पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग नेपालका लागि इजरायलका राजदूत श्मुलिक एरीबासले आज शिष्टाचार भेट गरेका छन् ।

त्यसअवसरमा उनीहरुबीच नेपाल–इजरायल सम्बन्ध, साझा हित, पर्यटन, कृषि, प्रविधिशिक्षा, रोजगारी प्रवर्द्धनलगायतका विषयमा छलफल भएको महानगरपालिकाले जनाएको छ ।

उनीहरुबीच दुवै देशबीच पर्यटन तथा सांस्कृतिक आदान–प्रदानलाई विस्तार तथा पोखरा र इजरायलबीच सीधा हवाई उडान सञ्चालन सम्भावनाका विषयमा समेत विचारविमर्श भएको थियो ।

सो अवसरमा महानगर प्रमुख आचार्यले महानगरका कर्मचारी तथा प्राविधिक जनशक्तिको दक्षता र क्षमता अभिवृद्धिका लागि इजरायलसँग सहकार्य तथा नयाँ अवसरका लागि आवश्यक समन्वय गर्न राजदूतसँग आग्रह गरे ।

उनले आधुनिक कृषि प्रविधि, सीप विकास, रोजगारी तथा प्राविधिक ज्ञान हस्तान्तरणका क्षेत्रमा दुई देशबीच सहकार्यको सम्भावना औँल्याउँदै प्रमुख आचार्यले पोखरालाई अन्तरराष्ट्रिय पर्यटन गन्तव्यका रूपमा विकास गर्न इजरायलसँग पर्यटन, संस्कृति र हवाई सम्पर्कका क्षेत्रमा मिलेर काम गर्न सकिने धारणा व्यक्त गरे ।

त्यस अवसरमा राजदूत एरीबासले इजरायलको आधुनिक कृषि प्रणालीसम्बन्धी ‘लर्न एन्ड अर्न’ कार्यक्रममार्फत इजरायल पुगेका नेपाली युवाले कृषि क्षेत्रमा ज्ञान, सीप र अनुभव हासिल गर्दै उल्लेखनीय प्रगति गरिरहेको बताए । उनले इजरायलको प्रविधिमैत्री र आधुनिक कृषि प्रणालीबाट नेपालले लाभ लिन सक्ने विश्वास व्यक्त गरे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय