FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

एमाले महासचिव शंकर पोखरेलले मुलुकमा जेन्जीका नाममा गैर–जेन्जी समूहको ‘हुकुम’ चलिरहेको टिप्प्णी गरेका छन् ।

आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत पोखरेलले नयाँ शक्ति निर्माणमा लागेका भनिएका व्यक्तिहरूसमेत गैर–जेन्जी समूहबाटै शासित र निर्देशित देखिएको टिप्पणी गरेका छन् ।

‘अहिले त जेन्जीका नाममा उपद्रव गर्ने गैरजेन्जीहरूकै हुकुम चलिरहेको छ,’ पोखरेलले लेखेका छन्, ‘नयाँ शक्ति निर्माणमा लागेका भनिनेहरू समेत उनीहरूबाटै शासित र निर्देशित देखिन्छन् ।’

उनले भाद्र २३ गतेको घटनामा ज्यान गुमाएका तथा घाइते भएका जेन्जी युवाको भावनामाथि विभिन्न स्वार्थ समूहले खेलिरहेको आरोपसमेत लगाएका छन् ।

‘स्वार्थी समूहहरूले हरेक घटनामा भाद्र २३ मा ज्यान गुमाएका र घाइते भएका जेन्जीहरूको पवित्र भावनामाथि खेलेर सत्यलाई ढाकछोप गर्ने काम गरिरहेका छन्,’ उनले भनेका छन् ।

भाद्र २३ नेपालको इतिहासकै अत्यन्त दुःखद घटना र कालो दिन भएको उल्लेख गर्दै पोखरेलले घटनालाई एकपक्षीय रूपमा हेर्न नहुने बताए ।

उनले आन्दोलनका क्रममा गैर–जेन्जी समूहले विद्यार्थी तथा बालबालिकालाई सडकमा उतार्न प्रोत्साहित नगरेको भए, ‘टीओबी’ र ‘हामी नेपाल’ जस्ता समूहले भिडलाई उत्तेजित नबनाएको भए तथा केही चर्चित व्यक्ति र राजनीतिज्ञले ‘सरकार ढलेपछि मेरो पालो आउँछ’ भनेर माहोल नभड्काएको भए परिस्थिति फरक हुन सक्ने तर्क गरेका छन् ।

पोखरेलले नेपालको राजनीतिमा भू–राजनीतिक चलखेल र राज्यविरुद्ध रहेका भनिएका स्वार्थ समूह तथा अदृश्य तत्त्वको सम्भावित भूमिकाबारे पनि छानबिन हुनुपर्ने बताएका छन् ।

१० हजारको प्रदर्शनलाई शान्तिपूर्ण रूपमा व्यवस्थापन गर्न सुरक्षा निकाय असमर्थ थिए भन्ने प्रश्न गर्दै पोखरेलले भनेका छन्, ‘के १० हजारको प्रदर्शनलाई शान्तिपूर्ण रूपमा व्यवस्थापन गर्न नसक्ने निरीह अवस्थामा थिए हाम्रा सुरक्षा निकाय ? अवश्य पनि होइन ।’

तर युवामाथि गोली चलाइनु, उनीहरूको ज्यान जानु र घाइते हुनु अत्यन्त गम्भीर तथा क्षमाहीन दुःखद विषय भएको उनले स्वीकार गरे ।

भाद्र २३ गतेको घटनालाई मात्रै आधार बनाएर एकपक्षीय धारणा बनाउँदा त्यसपछाडिको सम्भावित षड्यन्त्र, उत्तेजना र घुसपैठ ओझेलमा पर्ने पोखरेलको दाबी छ ।

‘यो घटनाको गहिराइमा नछिरी एकपक्षीय धारणा बनाउनु भनेको यसपछाडिको षड्यन्त्र, प्रोभोकेसन र घुसपैठलाई उपेक्षा गर्नु हो,’ उनले लेखेका छन् ।

भाद्र २४ गते भएका उपद्रव सामान्य उत्तेजनाको परिणाम नभई महिनौँदेखिको योजनाबद्ध षड्यन्त्रको परिणाम हुन सक्ने दाबी गर्दै उनले भाद्र २३ गतेको घटना पनि त्यसैको कडीका रूपमा नियोजित गरिएको हुन सक्ने आशंका व्यक्त गरेका छन् ।

पोखरेलले भाद्र २३ र २४ गतेका सम्पूर्ण घटनाको निष्पक्ष तथा उच्चस्तरीय न्यायिक छानबिन आवश्यक रहेको बताएका छन् । यस्तो छानबिनबाट मात्रै घटनाको वास्तविकता बाहिर आउने र पीडितले वास्तविक न्यायको अनुभूति गर्न पाउने उनको भनाइ छ । ढिलो–चाँडो २३ र २४ भदौका घटनाको छानबिन हुने दाबी पनि पोखरेलले गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय