FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी भदौ महिनादेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्ने भएको छ। पार्टीले जनउत्तरदायी, पारदर्शी र परिणाममुखी राजनीतिक संस्कारको विकास गर्ने उद्देश्यले उक्त कार्यक्रम सुरु गर्न लागेको जनाएको छ।

रास्वपाले जारी गरेको विज्ञप्तिअनुसार लोकतन्त्रको मर्म निर्वाचित नेतृत्व निरन्तर नागरिकको निगरानी, सुझाव र सम्पर्कमा रहनु रहेको भन्दै सरकारमा सहभागी पार्टीका मन्त्रीहरूलाई नागरिकसँग प्रत्यक्ष संवादमा जोड्ने गरी कार्यक्रम सञ्चालन गर्न लागिएको हो।

कार्यक्रमअन्तर्गत सरकारमा सहभागी रास्वपाका मन्त्रीहरू महिनामा कम्तीमा एकपटक अनिवार्य रूपमा केन्द्रीय पार्टी कार्यालयमा उपस्थित हुनुहुने छ। त्यहाँ मन्त्रीहरूले नागरिक तथा पार्टी पंक्तिसँग प्रत्यक्ष संवाद गर्ने व्यवस्था मिलाइएको र यसबाट नागरिकका आवाजलाई राज्यको नीति निर्माण तथा कार्यान्वयनको तहसम्म पुर्‍याउन सहयोग पुग्ने पार्टीको विश्वास छ।

रास्वपाका अनुसार कार्यक्रम दुई चरणमा सञ्चालन हुनेछ। पहिलो चरणअन्तर्गत साँझ ५ बजेदेखि ६ बजेसम्मको एक घण्टा ‘नागरिक संवाद’ हुनेछ। उक्त अवधिमा आम नागरिकका लागि कार्यक्रम खुला रहने र सम्बन्धित मन्त्रीले सर्वसाधारणका गुनासा, समस्या, अपेक्षा तथा सुझाव प्रत्यक्ष रूपमा सुन्नुहुनेछ।

त्यसपछि साँझ ६ बजेदेखि ‘नेतृत्व संवाद’ सञ्चालन हुनेछ। यस चरणमा सम्बन्धित मन्त्री, पार्टीका केन्द्रीय समिति सदस्य तथा प्रतिनिधिसभा सदस्यबीच संयुक्त बैठक बस्नेछ। नागरिक संवादका क्रममा प्राप्त सुझावका साथै देशका समसामयिक, बहुआयामिक तथा नीतिगत विषयमा बैठकमा सघन छलफल गरिने रास्वपाले जनाएको छ।

पार्टीले नागरिक, सरकारमा रहेका मन्त्री, व्यवस्थापिका र संगठनबीच समन्वयलाई प्रभावकारी बनाउँदै नागरिकका मुद्दा सम्बोधन गर्न साझा रणनीति निर्माण गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको जनाएको छ।

त्यस्तै, मन्त्रीहरूलाई आम नागरिकप्रति प्रत्यक्ष रूपमा जवाफदेही बनाउने, नागरिकका वास्तविक समस्या बुझेर राष्ट्रिय नीति तथा कानुन निर्माणमा पार्टीको धारणा तय गर्ने तथा नागरिक, पार्टीको सांगठनिक तह, संसदीय दल र सरकारमा रहेका प्रतिनिधिबीच सूचना तथा कार्ययोजनाको प्रभावकारी आदानप्रदान गर्ने उद्देश्यसमेत कार्यक्रमले राखेको छ।

रास्वपाले ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रममार्फत नागरिकका समस्या र सुझावलाई सरकार तथा पार्टीको नीति निर्माण र कार्यान्वयनसँग प्रत्यक्ष रूपमा जोड्ने लक्ष्य लिएको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय